Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

राजपा पर्साकाे पहिलाे बैठक : चौबीसें घण्टा जनताको साथमा रहन अध्यक्ष सिंहकाे निर्देशन

spot_img
spot_img

वीरगंज । जिल्ला सम्मेलनबाट राजेशमान सिंह अध्यक्ष चुनिएपछि उहाँको अध्यक्षतामा आज राष्ट्रिय जनता पार्टी नेपाल पर्साको पहिलो बैठक बसेको छ । बैठकमा उपस्थित भएका जिल्ला पार्टीका अगुवा तथा भातृ संगठनका प्रमुखहरुलाई नेता सिंहले चौविसै घण्टा जनताको समस्यामा साथ रहन निर्देशन दिनुभएको छ ।

नेतृत्वमा बस्ने र माईन्युटमा नाम मात्रै लेखाएर हुँदैन तपाईँहरु जनताको माझमा जानुस, उहाँहरुको मसस्यामा सँगै उभीएर समाधान गराउनुस नेता सिंहले भन्नुभयो । नेता सिंहले जिल्लाको बलियो नेतृत्व अभावलाई पुरा गर्नको लागि आफुले जिल्लाको नेतृत्व सम्हालेको बताउँदै अन्य पार्टी भन्दा फरक रुपमा प्रस्तुत हुने दावि गर्नुभयो ।

हामि अरु जस्तो गरी चलेर हुँदैन नयाँ नेतृत्वले नयाँ तरिकाले काम गर्छ तपाइँहरु पनि स्वच्छ छवि बनाएर त्यसको लागि तयार हुनुस नेता सिंहले भन्नुभयो । सिंहको नेतृत्वमा बसेको बैठकलाई पार्टिको गतिविधिलाई जनस्तरमा केन्द्रित गर्नका लागि पर्साको चारै क्षेत्र र महानगर पालिका लगायत सवै नगरपालिकामा समेत मंसीर महिना भित्र पार्टी कार्यालय खोल्ने निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष सिंहकाे अध्यक्षतामा भएको बैठकमा उपाध्यक्षहरू मदन यादव, जटाशंकर गुप्ता, प्रदीप चौरसिया, सचिव उमेश लाल सहनी, सह-सचिव उमाशंकर प्रसाद सर्राफ, केन्द्रीय सदस्यहरू बाबुलाल यादव, शम्भु चौरसिया, महाबीर शर्मा, मिनु ठाकुर, परमानन्द चौधरी, बरकतुल नेसा, प्रतिमा जोशी, इन्दु सिंह, मुस्लिम बिभागको केन्द्रीय संयोजक खैरूद्दी मियाँ, महानगर अध्यक्ष लियाकत अली, नगर अध्यक्ष अजय साह, क्षेत्रीय अध्यक्षहरू अयुब मियाँ, बैजु स्वर्णकार, मनोज ठाकुर, अकलेश यादव, जिल्ला नेताहरू रियाज मियाँ, सलाउद्दीन मंसूरी, जबार मंसूरी, चन्द्रिका सहनी, राहुल सर्राफ, नेताहरू बिष्णु पटेल, अफरोज अालम, संजीव यादव, भुषाल चौरसिया, बिधार्थी नेताहरू मधुसूदन चौरसिया, सुमित चौरसिया, अमित यादव, महिला नेतृहरू संगीता दास, रेखा पासवान लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...