Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

आफु कुटिए, मारिए पनि टाउन हलको भ्रष्टचारको विरोध गरिरहन्छु : सांसद शर्मा

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका प्रदेेश सांसद ओमप्रकाश शर्माले आफु माथी हमला भएकाे वताएका छन् । संचारकर्मीहरु संग कुरा गर्दै सांसद शर्माले वीरगंज नगर सभा गृह (टाउन हल) काे भ्रष्टचारकाे बिषयलाई लिएर टाउन हलका संचालक भाेला कलवारले आफु माथी  हमला गरेकाे आराेप लगाए हुन् ।

सांसद शर्माले आफु कुटिए पनि मारिए पनि टाउन हलको भ्रष्टचारको विरोध गरि रहने वताए । टाउन हलका संचालक कलवारले म माथी मात्र हाेईन पार्टीका अरु नेताहरुलाई पनि गाली गालौज गर्ने गरेका कारण उनलाई पार्टीबाट निस्कासन गर्नु पर्ने माग समेत गरे । शर्माले कलवार पार्टी कै भए पनि आफु जनप्रतिनिधि भएका कारण भ्रष्टचारकाे विराेध गरि रहने वताए ।

टाउन हल जनताकाे सम्पती भएकाे वताउदै शर्माले जनता संग टाउन हलकाे भाडा एक दिनकाे एक लाख लिने र महानगरलाई ५ हजार बुझाउनु नै टाउन हलमा भ्रष्टचार भइरहेकाे वताए । उनले अख्तियारले टाउन हलको टेन्डरमा भ्रष्टाचार भएकाे प्रमाणित गर्दै पुन: टेन्डर गर्न पत्रचार गरे पनि  मेयर विजय कुमार सरावगीले सो पत्र दबाएकाे समेत आराेप लगाए ।

कलवारले नाटक गरी नारायणी अस्पतालबाट डाक्टरलाई मिलाएर रेफर गराएको समेत आरोप लगाए ।

सांसद शर्मा र नेपाली कांग्रेसका वीरगंज महानगर सभापति समेत रहेका टाउन हलका संचालक भाेला कलवार बिच बुधबार बिहान चिया पसलमा कुटाकुट भएकाे थियाे । दुबै जना उपचारको लागि नारायणी अस्पताल वीरगंजमा भर्ना भएका थिए । उपचार पछि प्रदेश सांसद शर्मा घरमा आरम गरि रहेका छन् भने कलवारकाे काठमाण्डाैमा उपचार भईरहेकाे छ ।

दुबै जना विच डेढ बर्ष देखी नै टाउन हलको बिषयमा विवाद हुदै आएको थियाे । सोही बिषयलाई लिएर सार्वजनिक स्थल मै दुबै जना बिच कुटाकुट समेत भएकाे हाे । सांसद शर्माले कलवार विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी समेत दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...