Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

बालबालिकाहरु आफै कार्यक्रम आयोजना गरी मनाए अन्तराष्ट्रिय बालदिवस

spot_img
spot_img

वीरगंज । बालबालिकाहरुले आज आफै वीरगंजमा एक कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय बालदिवस मनाएका छन् । जिल्ला बालक्लब संजाल पर्सा, वीरगंज महानगर बाल संजाल, गाउँपालिका स्तरिय बाल संजाल सखुवा प्रसौनी र वडा बाल क्लब वीरगंज ६ संग आवद्ध बालबालिकाहरुले आफै कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय बाल दिवस मनाएका हुन् ।

जिल्ला बाल कल्याण समिति पर्साको सभा हलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै भिजिट मधेशका संयोजक ओमप्रकाश सरार्फले कोई पनि बालबालिका बाल अधिकारबाट बंचित नहुनु पर्ने वताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सरार्फले कोई पनि बालबालिका विद्यालय जानबाट र पोष्णयुक्त्त खानाबाट बंचित नहुनु पर्ने वताए ।

राजपाकाे वीरगंज महानगर अध्यक्ष समेत रहेका सरार्फले भने आजका बालबालिका भोलीका राष्ट्रका चालक हुन्, बालबालिका समाजका गाहना  हुन्, त्यसैले बालबालिकाहरुलाई सभ्य बन्नु पर्छ । बालबालिकाहरुलाई विद्यालय स्तरमा नयाँ प्रबिधिको केही कानुनी कुरा समेटिएको नैतिक शिक्षा दिन्नु पर्ने उनको धारणा थियो । नैतिक शिक्षाबाट बालबालिकाहरुले फस्ने कुलतमा कमि आउने समाजिक अभियान्ता समेत रहेका सरार्फको भनाई थियो ।

वीरगंज महानगर बाल संजालका अध्यक्ष नविन पटेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक अभियान्ता प्रकाश थारु, जिल्ला बाल कल्याण समिति पर्साकी प्रमुख साबित्री भण्डारी, दिब्य युवा क्लबका कार्यक्रम संयोजक गणेश ठकुरी, पत्रकार शम्भु कुमार सुमन, जिल्ला बाल संजालकी अध्यक्ष सिमरन थापा लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन दिब्यानी बाल क्लबका अध्यक्ष अर्जुन साहले गरेका थिए भने स्वागत भाषण इम्प्रोभिङ चाइल्ड क्लब वीरगंजका अध्यक्ष श्रवण गुप्ताले राखेका थिए । कार्यक्रममा बालदिवसको अवसरमा केक समेत काटिएको थियो ।

यस्तै कार्यक्रम आयोजना गर्ने बालबालिकाहरुले आजै बालदिवसको अवसरमा वीरगंजको माईस्थान चोकमा सडकमा भेटिएका बालबालिकाहरुलाई बिस्कुट समेत वितरण गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...