Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

नगवा प्रहरी चौकीमा मदिराले ध्रुत तेस्रो लिङ्गीहरुको नाङ्गो नाच, प्रहरी बने मुकदर्शक

spot_img
spot_img

वीरगन्ज । वीरगन्जको इलाका प्रहरी कार्यालय नगवामा मदिराले ध्रुत तेस्रो लिङ्गीहरुको नाङ्गो नाच प्रदर्शन गर्दा समेत प्रहरी मुकदर्शक बनेका छन । तेस्रो लिङ्गी समुहले संचालन गरेको सात सहेलीया नाचमा डान्सरको काम गर्ने तेश्रोलिङ्गीहरुले मंगलबार राती अत्याधिक मदिरा सेवन गरेर प्रहरी चौकीमा नाङ्गो प्रदर्शन गरेका हुन् ।

सात सहेलीयाको नाचको लागि बैना दिन आएका जिल्ला वन कार्यालयका रेन्जर संदीप पटेललाई अत्याधिक मदिरा सेवन गराएर तेश्रोलिङ्गीहरुले उनको साथमा रहेको एक थान मोबाईल र एकथान सुँन औठी लुटेका थिए । हार गुहार गर्दा मोबाइल दिए पनि सुँनको औँठी नदिएपछि गुहारको लागि तत्कालै प्रहरी चौकीमा पुगेर पटेलले घटना बारे सम्पुर्ण जानकारी गराएका थिए ।

प्रहरी हवल्दार सोनालाल यादवको नेतृत्वमा रहेको प्रहरी टोलिले तेस्रो लिङ्गीलाई सोधपुछको लागि कार्यालयमा झिकाउँदा मादिरामा मातिएका उनीहरु प्रहरी चौकी भित्रै प्रहरी तथा स्थानीयलाई अपशब्द प्रयोग गर्दै गाली गलौज गर्न थाले । प्रहरी अगाडी नै पिडित पटेललाई अशब्द प्रयोग गर्दै कुटपिट गर्न खोजेपछी त्यहाँ उपस्थित स्थानियले रोक्न खोज्दा उनिहरुलाई नै अशब्द प्रयोग गर्दै चौकी भित्र रहेको हेल्मेट, ईट्टा र ढुङ्गाले प्रहार गर्न थालेपछी सबै जना प्रहरी चौकी बाहिरिएका थिए ।

अत्याधिक मदिरा सेवन गरी मातिएकाले चौकीमा खाना पकाउँने भन्सिया कृष्ण थापालाई समेत कुटपिट गर्दा प्रहरी मुकदर्शक बनि रहे । उनिहरु चौकि भित्र ताण्डव मचाइ रहँदा, चौकी भित्र रहेको कुर्सी समेत फालाफाल गर्दा पनि प्रहरी समान्य रोकथाम बाहेक कडा स्टेप नचाल्दा अझै मातिएर उनिहरु नाङ्गै भएर प्रदर्शनमा उत्रे ।

चौकीमा उनिहरुको नाङ्गो नाच गरेको हेरेर सयौको संख्यामा रहेका स्थानियले प्रहरी चौकी घेराउ गरेर उनिहरुलाई कडा कार्वाहीको माँग गरे । प्रहरीले कार्वाही नगरे हामीहरु नै यो गाउँबाट कुटेर लखेटने छौ स्थानियले भने । प्रहरी चौकीका ईन्चार्ज पुरुषोत्तम महतोले सम्झाउँन खोज्दा समेत उनीमाथि नै जाई लागे पनि आवश्यक कारवाहीको कदम चालेनन् ।

प्रहरी चौकीले स्थितिलाई नियन्त्रणमा लिन नसके पछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विर्ताबाट आएको थप प्रहरी टोलिले उनीहरुलाई नियन्त्रणमा लिएका थिए ।  प्रहरीले स्थानीयलाई सम्झाइ बुझाइ आवश्यक कार्वाहीको लागि तेस्रो लिङ्गीहरुलाई नियन्त्रणमा लिएका हुन ।

आक्रोशित स्थानियले सात सहेलिया समुहमा रहेका तेस्रो लिङ्गीहरुले समाजमा बिकृती फैलाएको भन्दै गाउँ नै निकाला गर्नु पर्नेमा एकमत भएका छन । सानो लुगा लगाएर अङ्ग प्रदर्शन गर्ने गरेको, बाटोमा हिड्ने पुरुषलाई गलत दृष्टीले हेर्ने गरेको सोध्दा अपशब्द प्रयोग गर्ने गरेको जस्ता विकृती नै फैलाएका छन, यिनिहरुलाई गाउँबाट निकाला गर्ने छौं, नगवा हाट बजार व्यवस्थापन समितिका अध्यक्ष अशोक पटेलले बताए ।

जिल्ला प्रहरी कार्यालयले उनीहरुको कारवाहीको प्रकृया अगाडी नबढाए र तेश्रो लिंङ्गीलाई गाउँ निकाला नगरे उनीहरु विरुद्ध कडा कदम चाल्ने छौ उनले भने, यसबाट हुने असज परिस्थितको जिम्मा स्थानिय प्रशासनले नै लिने बताए ।

यता पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले पक्राउ परेको तेश्रो लिङ्गीमाथि सार्वजनिक अपराध मुद्दा चलाउँने बताए । उनले भने, प्रहरी चौकी हुलदंगा गरी प्रहरी तथा स्थानियलाई गाली बेईजती गरेको आरोपमा पक्राउ परेका चार जना तेश्रो लिङ्गीलाई राती नै पक्राउ गरिएको छ, आज उनीहरु माथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउँने तयारी गरेका छौ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...