Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

युवा नेता साहकाे पहलमा आएकाे ३० लाखकाे बजेटबाट बन्ने विद्यालय भवनकाे शिलान्यास

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २३ प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालयमा आज नयाँ भवनको शिलान्यास गरिएको छ । तिनकोठे भवनको नेकपाका नेतृ एवं सांसद पुष्पा कर्णले शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कर्णले सामुदायिक बिद्यालयको बिकाशमा आफुले बिशेष ध्यान दिएको बताउनुभयो । उहाँले बिद्यालयको आवश्यकता अनुसार सहयोग गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । शिक्षाको बिकाश भएपछि अरु क्षेत्रको बिकाशमा समय नलाग्ने हुदाँ शिक्षाको बिकाशमा ध्यान दिन सवैलाई आग्रह गर्नुभएको थियो ।

ओबिसी पर्साका अध्यक्ष समेत रहेका नेकपाका युवा नेता अकलेश साहकाे पहलमा तराई मधेश समृद्धि अभियान अन्तर्गत आएकाे ३० लाखको लागतमा सो भवन निर्माण हुन लागेको वडा अध्यक्ष अवधकिसोर कुशवाहाले वताउनु भयाे । उहाँले ३० लाख रकमबाट तिनकोठे नयाँ भवन निर्माण र अधुरो भवन मर्मत गर्न लागिएको जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा नेकपाका नेता बिचारी प्रसाद यादव, वीरगंज महानगर कमिटीका अध्यक्ष रहबर अंसारी, प्र्रदेश कमिटी सदस्य बाबुराम कौशिक, जिल्ला कमिटी सदस्य अमल यादव, बसरुदिन अंसारी, ताजुदिन अंसारी, राजु बैठा, सचिव बिश्वमर शर्मा, युवा नेता अकलेश साह लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा भवन निर्माणको लागि बजेट ल्याउन सहयोग गर्ने नेकपाका नेता एवं संबिधान सभा सदस्य बिचारी यादव, युवा नेता अकलेश साह, वडा अध्यक्ष अवधकिसोर कुशवाहा, वडा सदस्य लालबाबु यादवलाई सम्मानित समेत गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...