Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

 लिएको शिपलाई रोजगार मुखि बनाउ : नगर प्रमुख सरावगी

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले तालिमबाट लिएको शिपलाई रोजगारमुखि बनाउनु अनुरोध गर्नुभएको छ । उहाले तालिम लिए पछि त्यसलाई अनिवार्य रुपमा रोजगार मुखी बनाउदै परिवारको आर्थिक श्रोतको रुपमा प्रयोग गर्न युवाहरुलाई अनुरोध गर्नुभयो ।

वीरगन्ज सृजनशिल व्यवसाय तालिम केन्द्रले आयोजना गरेको प्रमाण पत्र बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले यस्तो धारणा व्यक्त गर्नुभएको हो । वीरगन्ज महानगरपालिका र वीरगन्ज उधोग वाणिज्य सघंको आर्थिक सहयोगमा  लघु ब्यवसाय विकास कोष पर्साद्धारा संचालित अनौपचारिक क्षेत्रमा सिप बिकास तथा रोजगारी कार्यक्रममा सहभागी प्रशिक्षार्थी युवाहरुलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले आफुले लिएको तालिमलाई व्यवहारमा उतार्दै आय आर्जनको श्रोत बनाउनुका साथै अरु युवालाई पनि उक्त शिप सिकाउन अनुरोध गर्नुभयो ।

उहाले तालिमबाट प्राप्त प्रविधिक शिपको गुणात्मक विकासले मात्र युवाहरुमा रहेको बेरोजगारीलाई न्युनिकरण गर्नसकिने धारणा समेत व्यक्त गर्नुभयो ।

सृजनशिल व्यवसाय तालिम केन्द्र र एम इ डि एफले सम्पन्न गरेको शिकर्मि, एसि र रेफ्रिजेटर एवम मोटरसाइकल मर्मत सम्वन्धि तालिममा सहमागी ६५ जना युवाहरुलाई प्रमाण पत्र बितरण गरिएको छ । मगंलबार र बुधबार आयोजित प्रमाण पत्र बितरण कार्यक्रममा वीरगन्ज उधोग वाणिज्य सघंका वरिष्ट उपाध्यक्ष सुबोध गुप्ता, चंचला दास, लघु बिकास कोष पर्साका प्रमुख प्रेम प्रसाद, नगर प्रमुखका राजनैतिक सल्लाहकार मुकेश द्धिवेदी, पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, प्रध्यापक सुस्मा तिवारी द्धिवेदी, युवा नेता पिन्टु तिवारी लगायतकाकाे उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...