Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

 लिएको शिपलाई रोजगार मुखि बनाउ : नगर प्रमुख सरावगी

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले तालिमबाट लिएको शिपलाई रोजगारमुखि बनाउनु अनुरोध गर्नुभएको छ । उहाले तालिम लिए पछि त्यसलाई अनिवार्य रुपमा रोजगार मुखी बनाउदै परिवारको आर्थिक श्रोतको रुपमा प्रयोग गर्न युवाहरुलाई अनुरोध गर्नुभयो ।

वीरगन्ज सृजनशिल व्यवसाय तालिम केन्द्रले आयोजना गरेको प्रमाण पत्र बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले यस्तो धारणा व्यक्त गर्नुभएको हो । वीरगन्ज महानगरपालिका र वीरगन्ज उधोग वाणिज्य सघंको आर्थिक सहयोगमा  लघु ब्यवसाय विकास कोष पर्साद्धारा संचालित अनौपचारिक क्षेत्रमा सिप बिकास तथा रोजगारी कार्यक्रममा सहभागी प्रशिक्षार्थी युवाहरुलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले आफुले लिएको तालिमलाई व्यवहारमा उतार्दै आय आर्जनको श्रोत बनाउनुका साथै अरु युवालाई पनि उक्त शिप सिकाउन अनुरोध गर्नुभयो ।

उहाले तालिमबाट प्राप्त प्रविधिक शिपको गुणात्मक विकासले मात्र युवाहरुमा रहेको बेरोजगारीलाई न्युनिकरण गर्नसकिने धारणा समेत व्यक्त गर्नुभयो ।

सृजनशिल व्यवसाय तालिम केन्द्र र एम इ डि एफले सम्पन्न गरेको शिकर्मि, एसि र रेफ्रिजेटर एवम मोटरसाइकल मर्मत सम्वन्धि तालिममा सहमागी ६५ जना युवाहरुलाई प्रमाण पत्र बितरण गरिएको छ । मगंलबार र बुधबार आयोजित प्रमाण पत्र बितरण कार्यक्रममा वीरगन्ज उधोग वाणिज्य सघंका वरिष्ट उपाध्यक्ष सुबोध गुप्ता, चंचला दास, लघु बिकास कोष पर्साका प्रमुख प्रेम प्रसाद, नगर प्रमुखका राजनैतिक सल्लाहकार मुकेश द्धिवेदी, पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, प्रध्यापक सुस्मा तिवारी द्धिवेदी, युवा नेता पिन्टु तिवारी लगायतकाकाे उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...