Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

विद्यार्थिहरुलाई शैक्षिक सामग्री

spot_img
spot_img

वीरगंज । रूगंटा वेलफेयर सोसाइटीको सहयोगमा बुधबार श्री नेरामाबी सुखचैनाका विद्यार्थिहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । समाजवादी युवा संघका केन्द्रिय सचीव सरोज यादवको विशेष पहलमा विद्यालयमा अध्यनरत गरिब तथा दलित बालबालिकालाई ५० थान स्कुल ब्याग, जनही १० थान कापी, कलम,पेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

आर्थिक अवस्थाले कमजोर बालबालिकालाई सिकाइ प्रती सहयोग पुर्याउनकाली कक्षा १देखि १० सम्ममा अध्यनरत विद्यार्थीको पहिचानगरि सो सामाग्री वितरण गरिएको केन्द्रिय सचीव यादवले बताउनुभयो ।

उहाले आउदो प्रत्येक शुक्रबार देखि सुखचैना माबीका बालबालिकाको सिकाइ अझ राम्रो बनाउनका लागि आफ्नो ब्यक्तिगत खर्चबाट विभिन्न शैक्षिक प्रतियोगिताको आयोजना समेत गराउने जानकारी दिनुभयो । सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिनोद मेहता लगायत शिक्षक, शिक्षिका र विधार्थीहरु को सहभागीता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...