Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

विद्यार्थिहरुलाई शैक्षिक सामग्री

spot_img
spot_img

वीरगंज । रूगंटा वेलफेयर सोसाइटीको सहयोगमा बुधबार श्री नेरामाबी सुखचैनाका विद्यार्थिहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । समाजवादी युवा संघका केन्द्रिय सचीव सरोज यादवको विशेष पहलमा विद्यालयमा अध्यनरत गरिब तथा दलित बालबालिकालाई ५० थान स्कुल ब्याग, जनही १० थान कापी, कलम,पेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

आर्थिक अवस्थाले कमजोर बालबालिकालाई सिकाइ प्रती सहयोग पुर्याउनकाली कक्षा १देखि १० सम्ममा अध्यनरत विद्यार्थीको पहिचानगरि सो सामाग्री वितरण गरिएको केन्द्रिय सचीव यादवले बताउनुभयो ।

उहाले आउदो प्रत्येक शुक्रबार देखि सुखचैना माबीका बालबालिकाको सिकाइ अझ राम्रो बनाउनका लागि आफ्नो ब्यक्तिगत खर्चबाट विभिन्न शैक्षिक प्रतियोगिताको आयोजना समेत गराउने जानकारी दिनुभयो । सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिनोद मेहता लगायत शिक्षक, शिक्षिका र विधार्थीहरु को सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...