Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

अयोध्याबाट जनकपुर आएको श्रीराम बरात वीरगंज आउने, भव्य स्वागत गरी विदाई गरिने

spot_img
spot_img

वीरगन्ज । विश्व हिन्दु परिषद नेपाल पर्साले अयोध्याबाट आएको श्रीराम बरातलाई पर्सा जिल्लामा भव्य रुपमा स्वागत गरी विदाई गर्ने जनाएको छ । परिषदले आईतबार वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी श्रीराम बरातलाई भव्य रुपमा स्वागतको तयारी पुरा भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा परिषदका महामन्त्री रणवीर कुशवाहाले श्री सीताराम विवाह पञ्चमी महोत्सव सम्पन्न भई जनकपुरबाट यही १७ गते मंगलबारका दिन बिदाई भई विभिन्न शहर हुदै वीरगन्ज आउँने निश्चित भएको जनाए । उनले भने, श्रीराम बरातलाई वीरगन्जमा स्वागत गर्नको लागि सम्पूर्ण तयारी भएको छ ।

बरातलाई वीरगन्जको घण्टाघर चौकमा मंगलबार दिउँसो दुई बजे आईपुग्ने भएकोले त्यसमा सहभागि हुन सवै पर्सा जिल्लावासीलाई अनुरोध गरिएको छ । घण्टाघर चौकमा भव्य रुपमा स्वागत तथा सम्मान गर्दै श्रीराम बरातलाई नगरपरिक्रममा गरिने उनले बताए ।

patrakar samelan hidu parisad_kalikatimes
बिश्व हिन्दु परिषद नेपाल पर्साले आयाेजना गरेकाे पत्रकार सम्मेलन । तस्बिर : कालिका टाईम्स

 

नगरपरिक्रममा पश्चात राणीसती मन्दिरमा आयोजित महाप्रसाद ग्रहण गराएर पुन भारत तर्फ बिदाई गरिने छ । विभिन्न जातजाति, धार्मिक संघसंगठन, मठ मन्दिरको सौजन्य, सहयोग तथा सहभागितामा भव्य स्वागत सहित विदाईको कार्यक्रम रहेकोले यसमा उल्लेखनिय सहभागिता जनाई दिन परिषदले पर्सावासीमा हार्दिक अपिल समेत गरेको छ ।

परिषदका जिल्ला अध्यक्ष ओमप्रकाश साहको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा परिषदका कोषाध्यक्ष पवन कुमार वर्णवाल, सल्लाहकार जसपाल सिंह, डा. गणेश कुमार अग्रवाल, रामराज परिषद नेपालका संयोजक धर्मेन्द्र पटेल, ब्राह्मण समाजका अध्यक्ष हरिनारायण मिश्र लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...