Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

समान पक्रेकाे विराेधमा भिस्वाका व्यारीहरु आन्दाेलित, गरे पत्रकार सम्मेलन

spot_img
spot_img

वीरगन्ज । पर्सा प्रहरीको ज्यादती विरुद्ध छिपहरमाई गाउँपालिकाका व्यापारीहरु आन्दोलित भएका छन् । गाउँपालिकाका वडा नम्बर ५ भिस्वाका व्यापारीहरु बजार पूर्ण रुपमा बन्द गरेर आन्दोलनमा उत्रेका हुन ।

व्यापारीक प्रयोजनको लागि भिस्वा बजारका व्यापारीहरु वीरगन्जबाट खरीद गरेका विभिन्न मालसमान प्रहरीले नियन्त्रणमा लिई अवैध रहेको भन्दै वीरगन्ज भंसार कार्यालय बुझाएपछि व्यापारीहरु आन्दोलित भएका हुन ।

आईतबार भिस्वा बजार समितिका पदाधिकारीले वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले गरेको अन्याय अत्याचार विरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएको छ । मंसिर १३ गते शुक्रबारका दिन भिस्वाका बीस जना ठूला तथा साना व्यापारी आफनो पसलका लागि वीरगन्जबाट विल विजक सहितको थोक तथा खुद्रा समान खरीद गरेका थिए ।

खरीद गरिएको समान, गाउँकै ना ४ त ५३२२ नम्बरको ट्याक्टरमा लोड गरी भिस्वा पु¥याईएको थियो । वीरगन्जबाट साँझ निस्केको ट्याक्टर तिलावेपुलमा अत्याधिक जाम लागेका कारण अबेर राती भिस्वा बजार पुगेको थियो ।

ढिलो पुगेका कारण बजारका अधिकाशं पसलहरु बन्द भईसकेका कारण समान डिलेभरी हुन सकेको थिएन, पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गणेश प्रसाद जैसवालले भने, अबेर राती भएका कारण ट्याक्टर चालक मालसमान लोड सहितको ट्याक्टर वडा नम्बर ५ कै वडा अध्यक्ष मौजेलाल साहको घर अगाडी पाकिङ्ग गरेर घर सुत्न गयो ।

राती सुतेको मौका छोपी जिल्ला प्रहरी कार्यालयबाट खटी गएका प्रहरी टोलीले कसैलाई जानकारी नै नगराई पार्किङ्ग गरी राखिएको ट्याक्टर आफनो नियन्त्रणका लिएको उनको आरोप छ । नियन्त्रणमा लिएको ट्याक्टरको लक फुटाएर स्टार्ट गर्दै मालसमान सहित जिल्ला प्रहरी कार्यालय वीरगन्ज ल्याईएको उनले बताए ।

घटना बारे विहान जानकारी पाएपछि बिल विजक लिएर प्रहरी कार्यालयमा पुग्दा त्यहाँका प्रहरी अधिकारीले विल अनुसारको मालसमान मिलाएपनि जबरजस्ती अवैध रहेको भन्दै आवश्यक कारवाहीको लागि वीरगन्ज भंसार कार्यालयमा बुझाईएको उनको आरोप थियो ।

विल प्रमाण सहितको समान हुदाँ हुदै पनि प्रहरीले व्यापारीमाथि अन्याय अत्याचार गरेको भन्दै भिस्वा बजार आज पूर्णरुपमा बन्द गरेर प्रहरी प्रशासनको विरोध उत्रेको बताए । व्यापारीहरुले प्रहरीले आफनो रवैयामा सुधार नल्याएर कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

प्रहरीले पक्राउ गरेको मालसमानको खरीद गरिएको पान, भ्याट बिल समेत पत्रकार सम्मेलनमा व्यापारीहरु सार्वजनिक गरेका थिए । भिस्वाका करिब २० जना व्यापारीहरुले विभिन्न खाद्यान्न, चाईनिज कपडा, कम्बर, मरिच, छोहडा लगायतका समानहरु खरीद गरेको छन ।

यता पर्सा प्रहरीले शनिबार पर्सा छिपहरमाई गा.पा.वडा नं.५ भिष्वा बजार स्थितमा अं.रु.१७,६०,६५०।– (सत्र लाख साठी हजार छ सय पचास ) बराबरको छोहडा र मरिच लगायत अन्य सामानहरुलोडरहेको ना ४ त ५३२२ नं. को ट्याक्टर भारत तर्फ लैजादै गरेको अवस्थाबाट नियन्त्रणमा लिई जिल्ला भंसार कार्यालय पर्सामा बुझाउने कार्य भईरहेको जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानी गाउँपालिका पूर्ण साक्षर घोषणा

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिकालाई पूर्ण साक्षर गाउँपालिकाका रूपमा घोषणा गरिएको छ । नेपाल सरकारले निर्धारण गरेका साक्षरतासम्बन्धी सबै सूचक तथा मापदण्ड पूरा...

नारायणी रंगशाला र कभर्डहलका लागि साढे १२ करोड बजेट विनियोजन

वीरगंज । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वीरगंजस्थित नारायणी रंगशाला र नारायणी बहुउद्देश्यीय कभर्डहलको स्तरोन्नतिका लागि कुल १२ करोड ५० लाख रुपैयाँ...

पर्सामा भन्सार छलीका स्याउ र ट्र्याक्टरका पार्टपुर्जा सहित चार जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले भन्सार छली गरी ल्याइएका स्याउ तथा ट्र्याक्टरका पार्टपुर्जा बरामद गर्दै चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार...