Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

रुपलालकाे जितकाे खुशियालीमा समाजवादीकाे विजय जुलुश (फाेटाे फिचर सहित)

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिकाकाे वडा नं. ५ महुनवनमा आईतबार समाजवादी पार्टीले बिजय जुलुस निकालेकाे छ । वडाध्यक्षकाे उपनिर्वाचनमा पार्टीका उम्मेदवार रुपलाल कुमार यादव विजयी भए पछि पार्टीले बिजय उत्सव मनाएकाे हाे ।

शनिबार भएको उपनिर्वाचनमा समाजवादी पार्टीका रुपलाल विजयी भएकाे अवसरमा विजय जुलुश निकालिएकाे स्थानिय सुनिल कलवारले वताए । महुवनबाट बाजागाजा सहित निस्केकाे विजय जुलुश वडा अन्तर्गतका महुवन, साेलखपुर र बलुवा गाउँ परिक्रमा गरेकाे थियाे ।

रुपलाल निवर्तमान वडाध्यक्ष स्व. बृजमाेहन यादवकाे जेठा छाेरा हुन् । तत्तकालिन संघिय समाजवादी फाेरमबाट बृजमाेहन निर्वाचित भएका थिए भने निर्वाचित भएकाे ३ महिना पछि नै हृदयघातका कारण निधन भएकाे थियाे ।

bijay julus_kalikatimes

जुलुशमा समाजवादी पार्टीका केन्द्रिय सदस्य विरेन्द्र यादव, निलम्बित सांसद हरिनारायण राैनियार, प्रदेश सांसद प्रहलाद गिरी, मंजुर अन्सारी, सिंघासन साह कलवार, जनत अंसारी, करिमा बेग्म, पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, जिल्ला सदस्य एवं गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल लगायत सयौंकाे सहभागिता रहेकाे थियाे ।

bijay utsaw_kalikatimes

रुपलालले १ हजार ३१ मत प्राप्त गर्दै २ सय १२ मत अन्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका अशेसर यादवले ८ सय १९ मत प्राप्त गरेका थिए । नेकपाका उदशंकर रौनियार २ सय ३२ मत, स्वतन्त्र उम्मेदवार गोपाल साह कानु १६ र राप्रपाका सदरी महराले ८ मत पाएका थिए ।

शनिबार राती नै मतगणना सम्पन्न भए पछि राती नै रुपलाललाई बिजयी घोषणा गरि प्रमाणपत्र पत्र समेत वितरण गरिएको थियो । २ हजार ६ सय २ जना जम्मा मतदाता रहेको उक्त वडामा २ हजार १ सय २८ मत खसेको थियोे । जसमा २२ मत बदर भएको थियो ।

julus2_kalikatimes

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...