Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

महुवन उपनिर्वाचनमा समाजवादीका रुपलाल विजयी

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनको उपनिर्वाचनमा रुपलाल कुमार यादव विजयी भएका छन् । वडाध्यक्षको लागि शनिबार भएको उपनिर्वाचनमा समाजवादी पार्टीका रुपलाल २ सय १२ मतले विजयी भएका हुन् ।

रुपलाल एक हजार ३१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका अशेसर यादवले ८ सय १९ मत प्राप्त गरेका छन् । नेकपाका उदशंकर रौनियार २ सय ३२ मत, स्वतन्त्र उम्मेदवार गोपाल साह कानु १६ र राप्रपाका सदरी महराले ८ मत पाएका छन् ।

राती १० बजेर १५ मिनेटमा मतगणना सम्पन्न भए पछि राती नै रुपलाललाई बिजयी घोषणा गरि प्रमाणपत्र पत्र समेत वितरण गरिएको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको उपस्थितमा बिजयी उम्मेदवार रुपलाललाई प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले प्रमाण पत्र वितरण गरेका थिए ।

२ हजार ६ सय २ जना मतदाता रहेको उक्त वडामा २ हजार १२८ मत खसेको थियोे । जसमा २२ मत बदर भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...