Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

काठमाडौं जाँदै छु भनेर निस्केका पोखरियाका रुपेश मृत भेटिए

spot_img
spot_img

वीरगंज । दुई दिन पहिला घरबाट काठमाडौं लागि निस्केका पोखरियाका एक युवक आज मृत भेटिएका छन् । पोखरिया नगरपालिका वडा नं. १ बनकटवा निवासी शिव महतोको छोरा १८ बर्षिय रुपेश कुशवाहा पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।

गाउँ नजिक रहेको आँपको बगैचामा पासो लगाएको अवस्थामा रुपेश मृत भटिएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले वताउनुभयो । गाउँलेहरुले रुपेशको शव पासो लगाएको अवस्थामा देखे पछि ईलाका प्रहरी कार्यालय पोखरियालाई खबर गरेको थियो ।

घटना स्थल पुगेको प्रहरीले मुचुल्का उठाई शव परिक्षणको लागि नारायणी अस्पतालमा पठाएको छ भने घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । रुपेश दुई दिन अगाडी घरबाट काठमाडौं जाँदै छु भनेर निस्केका थिए ।

मृतक रुपेश मोटरसाइकल मिस्त्री हुन् । उनले पोखरियामा केही दिन अगाडी मोटरसाइकल वर्कसप खोलेका थिए । रुपेश मोटरसाइकल वर्कसपको सान्चो घरमा दिएर अब म काठमाडौं मै काम गर्छु भनेर आईतबार घरबाट निस्केको स्थानियहरुले वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...