Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

काठमाडौं जाँदै छु भनेर निस्केका पोखरियाका रुपेश मृत भेटिए

spot_img
spot_img

वीरगंज । दुई दिन पहिला घरबाट काठमाडौं लागि निस्केका पोखरियाका एक युवक आज मृत भेटिएका छन् । पोखरिया नगरपालिका वडा नं. १ बनकटवा निवासी शिव महतोको छोरा १८ बर्षिय रुपेश कुशवाहा पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।

गाउँ नजिक रहेको आँपको बगैचामा पासो लगाएको अवस्थामा रुपेश मृत भटिएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले वताउनुभयो । गाउँलेहरुले रुपेशको शव पासो लगाएको अवस्थामा देखे पछि ईलाका प्रहरी कार्यालय पोखरियालाई खबर गरेको थियो ।

घटना स्थल पुगेको प्रहरीले मुचुल्का उठाई शव परिक्षणको लागि नारायणी अस्पतालमा पठाएको छ भने घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । रुपेश दुई दिन अगाडी घरबाट काठमाडौं जाँदै छु भनेर निस्केका थिए ।

मृतक रुपेश मोटरसाइकल मिस्त्री हुन् । उनले पोखरियामा केही दिन अगाडी मोटरसाइकल वर्कसप खोलेका थिए । रुपेश मोटरसाइकल वर्कसपको सान्चो घरमा दिएर अब म काठमाडौं मै काम गर्छु भनेर आईतबार घरबाट निस्केको स्थानियहरुले वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...