Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

भारतबाट गढीमाई मेलामा बलीका लागि ल्याइएका पशुपंक्षीमा रोक लगाउने कार्यकाे निन्दा

spot_img
spot_img

बीरगंज । बलिप्रथाको बिरोधको नाममा गढीमाईमा लाग्ने पंचवर्षिय मेला प्रति हिन्दू समाजमा रहेको बिश्वास र आस्थामाथि कुठाराघात गर्ने प्रयास भइरहेको भन्दै बिद्यार्थी नेता कृष्ण चौरसियाले आपत्ती प्रकटगरेका छन ।

समाजवादी बिद्यार्थी पर्सा जिल्ला उपाध्यक्ष रहेका चौरसियाले बली प्रथा आज बिकास भएको नभई यो परम्परा देखी चल्दै आएको र त्यसमा हिन्दू समाजको आस्था जोडिएको वताएका छन । उनले प्रेस विज्ञप्ती जारी गर्दै अन्य धर्ममा पनि कुनै कुनै रुपमा बलि प्रथा  रहेको सत्यलाई बुझनु पर्ने र अन्य धर्महरुको बारेमा कुनै आपती नरहेको कुरालाई स्मरण गराउदछौ उलेख गरेका छन् ।

बली प्रथाको नाममा खास गरि अमेरिकन एजेन्सीहरुले यसको बिरोध गरिरहेको देखिएको छ । गढीमाई मेलामा भारत बाट आउने पशु  पंक्षीलाई रोकेर भारत सरकार समेत हाम्रो परम्पराको बाधक बनेको छ, म भारत सरकारको यो कदमको कडा शब्दमा निन्दा गर्दछु बिज्ञप्तिमा भनिएको छ ।

आज नेपालमा हरेक दिन बधशाला  हजारौ पशु काटिएका छन, त्यो पनि पशु हत्या हो । के पैसाको लागि पशु हत्या सहि हो र ? आम्दानी हुने भयो भने सही तर कसैले आफनो राम्रो काम भएको र गढीमाई प्रतिको बिश्वासले त्यसबाट खुशी भएर भाकल अनुसारको बली चढाउनुलाई अन्यथा मान्नु मुनासिव छैन ।

भारतमा पनि हजारौ मासु उधोगहरु छन र त्याहा हजारौ पशु हरेक दिन काटिन्छन के यो उचित हो त ? यो पुरा प्रकरणमा  भारत र अमेरिकाका हुण्डी खाने संघ/संस्था तथा नेपालका तथाकथित पशुअधिकारकर्मीहरुको षडयन्त्र देखिन्छ । जसले हिन्दु आस्था र परम्परा माथि आघात पु¥याइरहको  छ,  हामी यसको कडा अलोचना र निन्दा गर्दछौ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...