Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Home Blog Page 1064

नहरको पानीले गहु र मसुरो बाली नस्ट हुनुको साथै बाटो हिलो मै

पर्सा, २८ पुस।

नारयाणी सिचाई डिभिजन नम्बर ५ को ब्लाक नम्बर २ अन्तर्गतका बिएससी ४ र ५ मा अत्यधिक मात्रामा पानी छोडदा एक दर्जन भन्दा बढी कृषकहरुको ५ बिगहा भन्दा बढी मसुरो र गेहु वाली नष्ट भएको छ । नहरमा अत्यधिक मात्रामा पानी छोडिदा कालिकामाई गाउँपालिकाको वडा नम्बर २ भेडिहारीका अच्छेलाल साह, राअज्ञा चौरसिया, मुक्ती चौरसिया, रामबालक चौरसिया, भरत तुरहा लगायत दर्जनौ कृषकहरुको बाली नष्ट भएको हो ।

यसै गरी पकहामैनपुर गाउँपालिकाको वडा नमबर ४ लहारवथकरीमा पनि कृषकहरुको वाली नष्ट गरेको सोही वडा निवासी शम्भु यादवले बताए । पानी ओभर भई नहरको माथिल्लो भाग भई खेतमा पस्नाले मसुरो र गेहु वाली नष्ट भएको कालिकामाई गाउँपालिका वडा नम्बर २ का कृषक राअज्ञा प्रसाद चौरसियाले बताए ।

पानीले नहरको किनारको भाग फुटाए पछि नहरमा आउनेजाने बाटो पनि हिलो भई अवरुद्ध भएको छ । कार्तिक र मंसिरमा महिनामा लगाइएको गेहु वाली र मसुरो वालीलाई कम मात्रामा मात्रै पानी चाहिने भएकोले अत्यधिक पानी हुदा नष्ट भएको कृषकहरु बताएका छन ।

सुनौलो बचत तथा ऋण सहकारीकाे आठौ साधारण सभा सम्पन्न्न

वीरगंज, २८ पुस ।

सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिरगंजको आठौ साधारण सभा आज बिरगंजको कुमु कोटलमा सम्पन भएको छ । संस्थाका अध्यक्ष सुरेश कुश्वाहाको अध्यक्षतामा र जिल्ला समन्वय समिती पर्साका प्रमुख नेकमहम्मद अंसारीको प्रमुख आतिथ्यमा सम्पन साधारणसभामा ४ करोड ६८ लाख ७ हजार १५ रुपैया २८ पैसाको यस आर्थिक बर्ष २०७४।०७५ मा कारोबार भएको प्रस्तुत गरिएको थियाे ।

संस्थाका प्रबन्धक मजन्म चौधरीले कारोबार प्रस्तुत गर्नुका साथै यस बर्ष खुद नाफा २ लाख ८२ हजार १ सय १३ रुपैया प्रस्तुत गर्नु भएको थियो । साथै संस्थाको सेयर तथा साधारण सदस्य ९ सय ९२ जना रहेको बताउनु भएको छ ।

साधाराणसभामा प्रमुख अतिथी तथा अतिथीहरुले ५ जना उत्केष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकमहम्मद अंसारीले यो संस्था संस्थाका सदस्य र कर्मचारीहरुको ईमान्दारीले फस्टाएको बताउनु भएको थियो । शुभकामना दिदै अब अउने आर्थिक बर्षमा होटलमा होईन टाउन हालमा साधारण सभा हुने वताउनु भयााे ।

कार्यक्रममा बिशिष्ठ अतिथी बिरगंज महानगरपालिकाका डिभिजन प्रमुख रामदयाल यादव, जिल्ला सहकारीका अध्यक्ष राजेश पंडित, अधिवकता पानालाल गुप्ता, भुपु क्याम्पस चिप जनक महतो, ईन्जिनियर मुन्ना सर्राफ, गैरसरकारी संस्थाका अध्यक्ष छठु साह, रामनिवास देहाती लगायतका अतिथीहरुले शुभकामना मन्तब्य राखेका थिए ।

विवेकशिल साझा पार्टी फुटयो, उजवल थापाको नेतृत्वमा नयाँ दल

काठमाडौं, २७ पुस ।

विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले आफ्नो नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

नयाँ दलको नाम विवेकशील नेपाली दल प्रस्ताव गरिएको छ । यो समूहका प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेल पनि छन् । अनलाईन खबर

लागु औषध नाइट्रोभेट टेयाबलेट र इन्जेक्सन सहित २ युवक पक्राउ

वीरगंज, २५ पुस ।
पर्सा प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध नाईट्राभेट ट्याबलेट सहित एक जनालाई र सशस्त्र प्रहरी बल नेपाल गुल्म, पर्साले लागु औषध ईन्जेक्सन सहित एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटेको प्रहरी टोलीले वीरगंज महानगरपालिकाको वडा नं. ८, स्थित सडक खण्डबाट वीरगंज ११, बस्ने बर्ष २८ का ईजाहिर हवारीलाई लागु औषध नाईट्राभेट सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । मंगलबार सांझ ६ः३० बजेको करिबमा भारतको रक्सौलबाट वीरगंज तर्फ साईकलमा चलाई आउदै गरेको हवारीको साथबाट लागु औषध नाईट्राभेट ट्याबलेट ७४७ पिस फेला परेकोले नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यस्तै सशस्त्र प्रहरी बल गुल्म र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज १६, भन्सार मुलगेटबाट मोरङ बेलवारी न.पा. वडा नं. ४, बस्ने बर्ष २५ को बिष्णु श्रेष्ठलाई पक्राउ गरेको छ । मंगलबार साझ ५ः५० बजे रक्सौलबाट वीरगंज तर्फ पैदल हिडी आउदै गरेको श्रेष्ठको साथबाट लागु औषध इन्जेक्सन डाईजिल्याव ११ पिस, फेनारगन १० पिस र नुर्फिन ८ पिस फेला परेकोले नियन्त्रणमा लिई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

जिराभवानी गाउँपालिकाद्वारा कक्षा ९ र १० का छात्राहरुलाई निःशुल्क साईकल वितरण

पर्सा, २५ पुस ।
जिराभवनी गाउँपालिकाले बुधबार एक कार्यक्रमका बिच एक सय ७ जना छात्राहरुलाई साईकल वितरण गरेको छ । जिराभवनी गाउँपालिकाको वडा नं. ३ मा रहेको बितो महतो जनता मा.वि. नवकाटोलाका कक्षा ९ र १० का एक सय ७ जना छात्राहरुलाई निःशुल्क साईकल वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत अमिति कुमार गिरीले वताए ।

गाउँपालिकाको आ.व. २०७५/०७६ को बेटी पढाई बेटी बचाई कार्यक्रम अन्तर्गत छात्राहरुको अध्ययन गर्न विद्यालय जान आउन सजिलो हुनको लागि साईकल वितरण गरिएको अधिकृत गिरीले जानकारी गराए । वडाध्यक्ष उमेश सिंहको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष रामपृत महतोको प्रमुख आतिथ्यतामा भएको साईकल वितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उषा देवी थरुइन, प्रमुख प्रशासकिय अधिकृत गिरी, विद्यालयका प्रअ लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथी, विशिष्ट अतिथी र अतिथीहरुको हातबाट साइकल वितरण गरिएको थियो । गाउँपालिका अन्तर्गतका कक्षा ९ र १० मा अध्ययनरत २ सय २६ जनालाई साईकल वितरण गरिने गाउँपालिका अध्यक्ष महतोले वताए । कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष महतोले त्यस पछि पनि वाकी रहेका छात्राहरुलाई पनि अगामी दिनमा साईकल वितरण गरिने घोषणा समेत गरे ।

यस्तै कक्षा ११ का ७० जना छात्राहरुलाई साईकल वितरण गर्न निर्णय समेत भइसकेको अध्यक्ष महतोले जानकारी गराए । गत आ.व. २०७४/०७५ मा पनि गाउँपालिकाले कक्षा ८ मा अध्ययनरत २ सय १६ जनालाई साईकल वितरण गरेको थियो ।

छिपहरमाई गाउँपालिकाद्वारा किसानहरुलाई मल, बीउ र कुदालो बितरण

राजन बानिया/पोखरिया, २४ पुस ।
पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं ३ जयमंगलापुरमा मंगलबार साना किसानहरुलाई मल , बीउ र कुदालो बितरण गरिएको छ । वडाध्यक्ष बिनोद साह कानुको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साना किसानहरुलाई कृषि सामग्री बितरण गरिएको हो ।

गाउँपालिका अन्तर्गतका वडा नं. ३ का साना किसानहरुलाई पहिचान गरि मल, खाद, बीउ र कुदालो बितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गुप्ताले गाउँपालिकाबाट बीउ,बिजन, मलखाद, कृषि उपकरण लगायतका कृषि सामग्रीहरु बितरण गर्दा पहिला साना किसानहरुलाई विशेष प्रथमिकता दिएको कार्यक्रममा वताए । आगामी दिनमा कृषकहरूका लागी कृषि समबन्धि विशेष कार्यक्रम ल्याउने पनि कार्यक्रम मार्फत उनले उद्घोष गरे ।

गाउँपालिकाको पाँचै वटै वडाहरूमा साना किसानहरुलाई छनौट गरिएको छ । जस अन्तरगत एक बिगाहा भन्दा कम जग्गा भएको किसानहरुलाई साना किसानको रुपमा वर्गीकरण गरेर परिचय पत्र बितरण गरिएको गापा कार्यालयले जनाएको छ । साना किसान परिचय पत्र सम्भौता, मिर्जापुर, जयमंगलापुर, तुलसिबर्वा र भिस्वाका सानाकिसानहरुलाई बितरण गरिने अध्यक्ष गुप्ताले बताए ।

कृषिका लागि आवश्यक मलखाद, बिउबिजन, कृषि उपकरण आदिमा नेपाल सरकारले अनुदान दिने गरेको छ । साना किसान परिचय पत्र प्राप्त गर्ने किसानले यस्ता कृषि सामग्री प्राप्त गर्दा पहिलो प्राथमिकता पाउने कार्यक्रममा जानकारी गराइएको थियो । छिपहरमाई गाउँपालिका वार्ड नं ३ जयमंगलापुरमा मलखाद,बिउबिजन र कुदालो बितरण कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत पाक्रम खां, गाउँपालिका कृषि प्रमुख मसिलाल साह, ज्ञानबहादुर साह लगायतको सहभागिता रहेको थियो ।

डिभिजन नम्बर ५ को लापरवाहीका कारण नहरमा पानी नआउदा कृषकहरु मर्कामा

पर्सा, २४ पुस ।
नारायाणी सिचाई डिभिजन नम्बर ५ को लापरवाहीका कारण नहरमा पानी नआउदा कृषकहरु मर्कामा परेका छन । प्रत्येक बर्ष पौष महिनाको १ गते नै नहरमा पानी छोडने गथ्र्याे तर यस बर्ष पुस महिनाको अन्तिम हप्ता भईसक्दा पनि हाल सम्म नहरमा पानी नआउदा कृषकहरु चिन्तीत बनेका छन ।

नहरमा पानी नआउदा गेहु बाली कम हुने संम्भावना बढेको कृषकहरु बताएका छन । गेहु वाली छरेको १ महिना भित्र नै सिचाई गर्नाले बाली राम्रो हुने गर्छ । नदी, खोला, पोखरी र बोरिंग भएको ठाउँमा मात्र सिचाई भईरहेको छ । पर्साको केही गाउँपालिकाले सिचाईका लागी बोरिंग गाडन बजेट बिनियोजन गरेका छन भने अधिकांशले बजेट नछुटयाउदा सिचाईका लागी समस्या हुदै आएको कालिकामाई गाउँपालिका वडा नम्बर २ गदियानीका बिक्रम महरा चमारले बताए ।

बिगत केही दिन अगाडी जलउपभोग्ता समिती सक्रिय भए पनि अहिलेको अवस्थामा निस्कृय रहेकोले नहरमा पानी नआएको कृषकहरुले बताएका छन । यता जलउपभोग्ता समितीका एक सदस्यले सम्मपुर्ण रेखदेख र निर्देशन अब गाउँपालिकाले गर्ने भएका कारण आफुहरु सक्रिय नरहेको बताएका छन ।

नहरमा पानी नआउदा कालिकामाई गाउँपालिकाको वडा नम्बर १ मुडली, रबिदास, टिनडोबिया, वडा नम्बर ३ का हरिहरपुर बिर्ता, वडा नम्बर २ को भेडिहारी, गदियानी, वडा नम्बर ४ को प्रशुरामपुर, कटीबलुवा र पकहा मैनपुर गाउँपालिकाको वडा नम्बर ५ सबैठवा र वडा नम्बर ४ लहावरथकरीका अधिकांश ककृषकहरु सिचाई गर्न नपाएर मारमा परेका छन ।

द हेल्पेजद्वारा मानव सेवा आश्रमलाई सहयोग

वीरगंज, २३ पुस ।
मानव सेवा आश्रम वीरगंजलाई द हेल्पेज नेपालले सहयोग गरेको छ । हेल्पेजले आश्रममा सोमबार रातिको खानाको प्रबन्ध गरि सहयोग गरेको हो । हेल्पेजका पदाधिकारी तथा सदस्यहरुले आफैबाट संकलन गरेको रकमबाट आश्रममा रातीको खाना खुवाई सयोग गरेको आश्रमका संयोजक दिवेश गुप्ताले वताए ।

आश्रममा भएको भोजन कार्यक्रममा बोल्दै संयोजक गुप्ताले हल्पेज जस्तै सहयोगी हातहरुबाट आश्रम चलिरहेको वताए । आश्रममा तलबमा कुन‌ै ब्यक्ति काम नगरेको बताउदै सबै जना स्वयं सेवक रुपमा काम गरेको वताए । आश्रममा एक जना महिलाले जनमाएकी बच्चालाई राज्य घरायनमा हुने सेवा जस्तो सेवा गरिएको गुप्ताले दाबी समेत गरे ।

हल्पेज नेपालका उपाध्यक्ष दिपेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सल्लाहकार रतेन्द्र दास, ईशक कुमार, मेराजुल हवारी, सह सचिव बिन्दु यादव, कोषाध्यक्ष प्रदिप पटेल, सदस्य अनिल साह, प्रबिन पटेल, प्रोसोतम साह, छोटेलाल साह लगायतकाको सहभागिता रहेको थियो ।

आश्रममा रहेका २८ जनालाई संस्थाले रातिको खाना खुवाई सहयो गरेको हल्पेजका सचीव दयान्नद साहले जानकारी गराए । पछि फेरि यस्तै सहयोग गरिने सचिव साहको भनाई थियो । संस्थाले मानव सेवा आश्रमबाट आफ्नो समाजिक कार्यको सुरुवात गरेको हेल्पेजका अध्यक्ष अनिल यादवले वताए । दुई दुन पहिला मात्र हेल्पेज संस्थाको उद्घाटन भएको थियो ।

लागु औषध ईन्जेक्सन सहित युवक पक्राउ

वीरगंज, २३ पुस ।
लागु औषध ईन्जेक्सन सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा धादिङ गुजरी गा.पा. वडा नं. ३, बस्ने बर्ष २४ का सुर्य तामाङ रहेका छन । वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वा, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज १६, रजतजयन्ति चौकबाट तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विभिन्न सवारी साधान तथा पैदल यात्री समेतको चेकजाँच गर्ने क्रममा आइतबार साझ ५ ३० बजे भारतको रक्सौलबाट बीरगंज तर्फ पैदड हिडी आउदै गरेको तामाङलाई लागु औषध ईन्जेक्सन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । निजको साथबाट लागु औषध ईन्जेक्सन फेनारगन २० पिस, नुर्फिन २० पिस र डाईजिल्याव २० पिस फेला परेको कार्यालयले जनाएको छ ।

गाँजा खेती नियन्त्रण भए पछि जिराभवानी र ठोरीमा सुर्ति खेती

पर्सा, २३ पुस ।
पर्साको जिराभवानी र ठोरी गाउँपालिकामा सुर्ती खेती गर्ने कृषहरुको संख्यामा वृद्धि भएको छ । केही बर्ष अगाडी गाँजा खेती हुदै आएका खेतहरुमा सुर्ती खेती किसानहरु गर्न थालेका छन । गाँजा खेती नियन्त्रण भए पछि सुर्ती खेती गर्न थालिएको ठोरी गाउँपालिकाको वडा नं. ४, निर्मलबस्तीका कृषक बिर बहादुर तमांगले वताए ।

सुर्ती खेतीबाट नै बार्षिक लाखौं आम्दनी गरिएको उनले वताए । तमांगले गत बर्ष आफुले एक विगहा जतिमा सुर्ती खेती गरेको र सोबाट बार्षिक डेढ लाख भन्दा बढी आम्दनी गरेको वताए । उनले आफु जस्तै धेरैले सुर्ती खेती गरेको वताए । बर्षमा सुर्ति खेती सहित ३ बाली कृषकहरुले लगाउने गरेका छन ।

खाजां खेतीको नियन्त्रण पछि नगदे बालीको रुपमा सुर्ती खेती तर्फ कृषकहरु आक्रषित भएका छन । कम खर्च र परिश्रमबाट राम्रो आम्दनी हुन थाले पछि सुर्ती खेती तर्फ कृषकहरुको आक्रषण बढेको हो । लगानीको ८० देखी ९० प्रतिशत आम्दनी हुने गरेको कृषकहरु बताउँछन ।

यसका साथै सुर्ती खेती अन्य खेतीको तुलनाममा जङ्गली जनावरबाट पनि सुरक्षित हुने गर्छ । निकुञ्जबाट आउने जङ्गली जनावरहरु धान, गहुँ, मकै, राजमा, तोरी लगायत बाली नष्ट गर्ने गरे पनि सुर्ती खेती भने नष्ट नगरेको कृषकहरुले वताएका छन ।