Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026

ई रिक्सा चालकहरु कै संलग्नतामा यात्रु लुटिदै

spot_img
spot_img

वीरगंज । वीरगंजमा ई रिक्सा चालकहरुकाे संलग्नतामा मै यात्रुहरु लुटिन थालेका छन् । सर्वसाधारण ई रिक्सा चढी आफ्नाे गन्तव्य तर्फ जानेक्रममा ई रिक्सा चालक कै संलग्नता मै लुटिन थालेका हुन् ।

वीरगंज देखी रक्साैल जानेक्रममा आज एक महिला लुटिएकी छिन् । वीरगंजकाे घण्टाघरबाट ई रिक्सा चढेर रक्साैल जाने क्रममा  वीरगंज पानीटंकी निवासी गुन्जन गुप्ता लुटिएका हुन् । दिदी र भतिजी संगै ई रिक्सा चढेर रक्साैल जादै गरेकी गुप्ताकाे  पर्चमा रहेकाे गर गहना र रुपया पैसा लुटिएकाे हाे । गुप्ताकाे पर्चमा रहेकाे सुनकाे हार, झुम्का र भारु ५ हजार नगद गरी लुटेरा समुहले एक लाख भन्दा बढी धनमाल लुटन सफल भएका छन ।

वीरगंज ब्यारक नजिक रहेकाे डाबरकाे कार्यालय अगाडीबाट गुप्ता ई रिक्सा चढी रक्साैल तर्फ लागेकी थिईन । साेही रिक्सामा केही समय मै तिन जना महिलाहरु पनि चढेका थिए । तर ति महिलाहरु रक्साैल पुग्नु भन्दा पहिला नै रिक्साबाट चालकलाई बिना भाडा दिईकन झरेकाे पिडित महिला गुप्ताले वताईन । उनले भनिन् रिक्सा मितेरी पुल सम्म जान्छ, तर ति महिलाहरु वीरगंज भन्सार  क्रस भए पछि नै झरिन र ई रिक्सा चालकलाई भाडा पनि दिएनन् । त्यही भएर आफु चढेकाे ई रिक्सावालाकाे पनि याे घटनामा संलग्नता हुनसक्छ ।

उनी मित्रेरी पुलमा रिक्साबाट झरेर पैदल रक्साैल पुगी कपडा समेत किनेर पसलवालालाई पैसा दिन पर्च खाेल्दा पर्चमा रहेकाे पैसा र गरगहना नदेखे पछि बेहाेस समेत भएकी थिइन । केही समयमा हाेसमा आए पछि उनी वीरगंज फिर्ता आई जिल्ला प्रहरी कार्यालय पर्सामा पुगी लिखित आफु लुटिएकाे जानकारी गराउदै उजरी पनि दिएकाे वताईन ।

ई रिक्सा चढेकाे ठाउँमा सिसि केमरा जडान रहेकाेले प्रहरीले सिसि केमरामा कैद भिडियाेबाट ई रिक्सा चालकलाई पहिचान गरी चालक पक्राउ गरी अनुसन्धान गर्याे भने लुटेरा समुह पक्राउ गर्न सजिलै सकिने पिडित गुप्ताले वताईन ।

यस्ता घटनाहरु थुप्रै घटेकाे सुनिन्छ । वीरगंज देखी रक्सौलसम्म चल्ने ई-रिक्सामा पर्श लुटेरा महिला समूहहरु सकृय छन । २ देखी ३ जना सम्मकाे समुहमा रहेका उनिहरु प्राय: बैग,पर्श, बच्चा लिएका यात्री चढ्ने ई-रिक्सामा उनिहरु पनि चढ्छन र ठेलमठेल गरेर बस्छन र पर्शको चैन खोलेर सबै रुपैया र गहना गायब गरेर बीचबाटोमा नै झर्छन। वीरगंज पानीटंकी निवासी सिवचरण राैनियारले भने यस तर्फ सम्बन्धित निकायकाे ध्यान जान जरुरी देखिन्छ ।

यस्तै ई-रिक्साका केहि चालकहरु रातिकाे समयमा वीरगंजबाट रक्सौल जाने यात्रीलाई नक्कली भारतिय रुपैया फिर्ता दिने गरेका छन । राैनीयारले भने छठको समयमा म आफै पिडित भए । अँध्यारो ठाउमा रिक्सा रोक्छन र फिर्तामा नक्काली रुपैया मिसाएर दिने गर्छन । ट्रेन, बस छुट्ने यात्रीको हतारको फाइदा उठाउछन । यस्ता गतिबिधिले वीरगंजकाे बद्नामी हुने भएकाेले सम्बन्धित  निकायको ध्यान जाओस उनले भने ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...