Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

सोनाक्षी भन्छिन्–‘५० बर्षको उमेरमा २२ बर्षका नायकसँग रोमान्स गर्दा असहज हुन्छ’

spot_img
spot_img

बलिउडमा नायक र नायिकाको उमेर अन्तरको चर्चा सधै नै हुने गर्दछ । आफू भन्दा आधा उमेर कान्छी नायिकासँग बलिउडमा नाम चलेका नायकहरुले रोमान्स गरिरहेका छन् । तर, नायिकाको हकमा भने यो लागू भएको छैन ।

नायिका सोनाक्षी सिन्हाले नायक अक्षय कुमार, सलमान खान जस्ता नायकसँग रोमान्स गरेकी छिन्, जो उनी भन्दा आधा उमेरले नै पाका छन् । सोनाक्षी भन्छिन्–‘के माधुरी दिक्षितले इशान खट्टरसँग रोमान्स गरेको सुहाउला त ? यो पक्कै पनि हेर्दा नमिलेको देखिन्छ ।’

तर, नायक सलमान खानले २१ बर्षकी नायिकासँग रोमान्स गर्दा किन नमिलेको जस्तो देखिदैन त भन्ने भारतीय मिडियाको प्रश्नमा सोनाक्षी भन्छिन्–‘सलमान के खान्छन् र उनी सधै नै यूवा जस्तो कसरी देखिन्छन् भन्ने बिषयमा सलमानलाई नै सोध्दा राम्रो हुन्छ । तर, म उमेर अन्तरको बिषयमा सोच्दिनँ । यो मेरो काम हो र यसलाई मैले राम्रोसँग निर्वाहा गर्नुपर्छ ।’

किन, नायिकालाई पाको उमेरको भएपछि यूवा नायकसँग रोमान्स गरेको दर्शकले स्विकार गर्न सकिरहेका छैनन् भन्ने प्रश्नमा उनी भन्छिन्–‘म ५० वर्षकी भएपछि २२ बर्षका नायकसँग रोमान्स गर्न पक्कै पनि असहज महशुश गर्छु ।’

सोनाक्षी अभिनित चलचित्र ‘दबंग ३’ डिसेम्बर २० बाट रिलिज हुँदैछ । जहाँ, उनले नायक सलमान खानसँग रोमान्स गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास...

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...

सांसद पन्तको माग : कर्मचारीलाई जनताको म्यान्डेटअनुसार काम गर्न प्रशिक्षण दिइयोस्

वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त)ले जनतालाई सुशासनको प्रत्याभूति र परिवर्तनको अनुभूति दिलाउन सरकारअन्तर्गतका कर्मचारीलाई जिम्मेवार...