Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

आधी रातमा घरमा प्रबेश गर्ने मियाँलाई प्रहरीले कारवाही नगरे पछि पिडित महिलाले गरिन पत्रकार सम्मेलन

spot_img
spot_img

वीरगंज । आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेकाे भन्दै आज पिडित महिलाले पत्रकार सम्मेलन गरेकी छन् ।

मंसिर ११ गते बुधबारका दिन राती १२ बजे जगरनथपुर गाउँपालिका वडा नं. ४ निवासी अति करिम मियाँले साेही गापाकाे वडा नं. १ पिपरडारी टाेलकाे एक महिलाकाे घरमा प्रबेश गरेका थिए । गलत नियतले प्रबेश गर्ने मियाँलाई गाउँलेहरु पक्राउ गरी प्रहीलाई बुझाए पनि त्यसकाे भाेलि पल्ट नै प्रहरीले विना कारवाही छाेडेकाे भन्दै पिडित महिलाले पत्रकार सम्मेलन गरेकी हुन् ।

नेपाल पत्रकार महासंघ पर्सकाे भवनमा पत्रकार सम्मेलन गर्दै पिडित महिला जगरनाथपुर गापा १ पिपरडारी निवासी रामरती देवी मलाहिनले आफुहरु प्रहरीमा उजरी दिए पनि आफुहरुलाई जानकारी नै नगरी इलाका प्रहरी कार्यालय सेढवाले मियाँलाई छाेडेकाे वताइन ।

आफुहरु घरमा खाना खाएर सुति रहेकाे बेला राती १२ बजे माेटरसाईकलले आएका मियाँले घर जनिक रहेकाे बारीमा माेटरसाईकल राखी पैदल आएर घरमा चाेर बाटाेलाे प्रबेश गरेकाे वताइन । घरमा प्रबेश गरी छाेरा र बुहारी सुति रहेकाे काेठाकाे ढाेका बजाउन थाले पछि आफुहरु उठेर तिमी काे हाै ?, कहाँ आए छाै भनेर साेध्दा उल्टै हामी माथी जाईलागेका सुनाईन ।

त्यस पछि हल्ला गर्दै स्थानियहरुलाई गुहारे पछि पुगेका स्थानियहरुले मियाँलाई पक्राउ गरी प्रहरीलाई बुझाएकाे वताइन । मियाँ गाउँपालिका अध्यक्षा जालिम मियाँको गाडीको चालक हुन् ।

उनले गाउँपालिका अध्यक्ष मियाँ कै दबावमा प्रहरीले उनलाई छाेडेको आराेप समेत लगाईन । उनी संगै स्थानिय महिला जयलसिया देवी, फुलमतियाँ देवी लगायतकाकाे पत्रकार सम्मेलनमा सहभागिता थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ...

संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध

वीरगंज । जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको छ । संविधान दिवस...