Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

आधी रातमा घरमा प्रबेश गर्ने मियाँलाई प्रहरीले कारवाही नगरे पछि पिडित महिलाले गरिन पत्रकार सम्मेलन

spot_img
spot_img

वीरगंज । आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेकाे भन्दै आज पिडित महिलाले पत्रकार सम्मेलन गरेकी छन् ।

मंसिर ११ गते बुधबारका दिन राती १२ बजे जगरनथपुर गाउँपालिका वडा नं. ४ निवासी अति करिम मियाँले साेही गापाकाे वडा नं. १ पिपरडारी टाेलकाे एक महिलाकाे घरमा प्रबेश गरेका थिए । गलत नियतले प्रबेश गर्ने मियाँलाई गाउँलेहरु पक्राउ गरी प्रहीलाई बुझाए पनि त्यसकाे भाेलि पल्ट नै प्रहरीले विना कारवाही छाेडेकाे भन्दै पिडित महिलाले पत्रकार सम्मेलन गरेकी हुन् ।

नेपाल पत्रकार महासंघ पर्सकाे भवनमा पत्रकार सम्मेलन गर्दै पिडित महिला जगरनाथपुर गापा १ पिपरडारी निवासी रामरती देवी मलाहिनले आफुहरु प्रहरीमा उजरी दिए पनि आफुहरुलाई जानकारी नै नगरी इलाका प्रहरी कार्यालय सेढवाले मियाँलाई छाेडेकाे वताइन ।

आफुहरु घरमा खाना खाएर सुति रहेकाे बेला राती १२ बजे माेटरसाईकलले आएका मियाँले घर जनिक रहेकाे बारीमा माेटरसाईकल राखी पैदल आएर घरमा चाेर बाटाेलाे प्रबेश गरेकाे वताइन । घरमा प्रबेश गरी छाेरा र बुहारी सुति रहेकाे काेठाकाे ढाेका बजाउन थाले पछि आफुहरु उठेर तिमी काे हाै ?, कहाँ आए छाै भनेर साेध्दा उल्टै हामी माथी जाईलागेका सुनाईन ।

त्यस पछि हल्ला गर्दै स्थानियहरुलाई गुहारे पछि पुगेका स्थानियहरुले मियाँलाई पक्राउ गरी प्रहरीलाई बुझाएकाे वताइन । मियाँ गाउँपालिका अध्यक्षा जालिम मियाँको गाडीको चालक हुन् ।

उनले गाउँपालिका अध्यक्ष मियाँ कै दबावमा प्रहरीले उनलाई छाेडेको आराेप समेत लगाईन । उनी संगै स्थानिय महिला जयलसिया देवी, फुलमतियाँ देवी लगायतकाकाे पत्रकार सम्मेलनमा सहभागिता थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...