Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

गढीमाई मेलामा पशु बली सुरु भए पछि भक्त्तजनहरुकाे घुइँचाे (फाेटाेफिचर सहित)

spot_img
spot_img

वीरगंज । बाराको गढीमाई मेलामा मंगलबारबाट पशुबली दिन सुरु गरिएको छ । सोमबार अबेर रातिबाट सुरु गरिएको मुख्य पूजा सम्पन्न भएपछि मंगलबार बिहान पञ्चबली दिइएको हो । त्यसपछि मेलामा दर्शनार्थीले पशुबली दिन सुरु गरेका हुन् ।

पञ्चबलीमा बोका, पाठो, परेवा, मुसा र पाडा बली पर्छ । मन्दिरका मूल पुजारी थारु समुदायका छन् । ११ औं पुस्ताका रुपमा शिव चौधरी मूल पुजारीको रुपमा छन् । मूल पुजारीको घरमा पुजा सकिएपछि सोमबार रातिबाट ब्रम्हस्थानमा पूजा सुरु गरिएको थियो । त्यहाँ पूजा सकिएपछि माईको मन्दिर अगाडी रहेको पुरानो त्रिशुल हटाएर नयाँ फेरिएको थियो ।

त्यसपछि फर्केर आई ब्रम्हस्थानमै मंगलबार बिहान पञ्चबली दिइएको थियो । गढीमाईलाई हाँस, कुखुरा, सुँगुर लगायत अन्य विभिन्न समेत पशुबली दिइन्छ । पशुबली अघि नरबली दिने चलन छ । चौधरी समुदायका धामीले जिब्रो, आँखा मुनि, छाती, पाखुरा र तिघ्राबाट पाँच थोपा रगत झिकेर चढाउँछन् ।

gadhi mai mela2_kalikatimes
गढीमाई मेलामा मंगलबार बिहान पंचवलीकाे पुजा हेर्दै दर्शनार्थीहरु । तस्बिर : प्रणय साह

मंसिर १ गतेदेखि सुरु भएको मेलामा मंगलबार र बुधबार दुई दिन पशुबली दिने कार्यक्रम राखिएकाे छ । मेलामा मंगलबार राँगा र बुधवार बोका, हाँस र कुखुराको पशुबली दिने भनिएपनि दर्शनार्थीहरुले आ–आफ्नो ढंगले बली दिन सुरु गरिसकेका छन् । पसाहा खोलादेखि गढीमाई मन्दिरसम्म नदी किनार तथा खेतमा दर्शनार्थीहरुले पशुबली दिन थालिसकेका छन् ।

गढीमाई मन्दिर बाराको महागढीमाई नगरपालिका अन्तर्गत बरियारपुर गाउँमा पर्छ । तराईमधेस क्षेत्रको विश्व प्रसिद्ध शक्तिपीठ हो । बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईको मेला हरेक पाँच–पाँच वर्षमा मंसिर शुक्ल सप्तमीदेखि आरम्भ हुन्छ ।

gadhi mai melama pasu bali_kalikatimes
गढीमाई मेलामा मंगलबार विहान रंगकाे बलि दिए पछि । तस्बिर : प्रणय साह

मेलामा लाखौंको संख्यामा दर्शनार्थीको भिड देखिएको छ । मंगलबार र बुधबार मुख्य पूजाको दिन भएकाले भिड अझै बढ्ने मुल पुजा समितिले जनाएको छ । बरियारपुरदेखि कलैयासम्म गढीमाई जाने आउने भक्तजनको घुँईचो छ । गढीमाई मेला नेपालका विभिन्न स्थानबाट मात्रै नभएर भारतबाट समेत उल्लेख्य संख्यामा भक्तजन आउने गरेका छन् ।

सीमावर्ती सहर रक्सौल, आदापुर, घोडासहन लगायत विहार राज्यका विभिन्न स्थानबाट भक्तजन मेलामा आएका छन् सोमबारसम्म २० लाख भन्दा बढी भक्तजनले मेला भरिसकेको र मंगलबार र बुधबार गणना गर्नै नसकिने गरि भक्तजन आएको मेला व्यवस्थापन समितिको भनाइ छ ।

pasu bali dine manxe_kalikatimes
गढीमाई मेला पशु बली दिनरे मान्छे तेलवारकाे साथमा । तस्बिर : प्रणय साह

पैदलै मन्दिर सवारी सवारीसाधन मेला स्थलसम्म पुग्न नसक्ने भएपछि दर्शनार्थीहरु पैदल नै मेला भर्न पुगेका छन् । सोमबार बेलुकीदेखि कलैयाबाटै सवारीको जाम लागेपछि सर्वसाधरण हिँडेरै मन्दिर स्थल पुगेका थिए । सर्वसाधरणले लिएर गएका मोटरसाइकल, जिप, कार, बस, ट्रक, मिनी बस, तथा ट्रयाक्टर मेला स्थल भन्दा २/३ किलोमिटर वरै खेत र सडक किनारमा रोकेर राखिएका छन् ।

सुरुमा शःशुल्क पार्किङको प्रबन्ध गर्ने तयारी गरिएपनि त्यसलाई हटाइएको छ । बरियारपुरको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदिर्देविक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ । त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर छ ।

pasu bali_kalikatimes
पशु बली दिए पछि लग्दै भक्त्तजन । तस्बिर : प्रणय साह
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...