Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगंज ड्राइपाेटमा बाटाे नै अरुद्ध गरी टायर बालेर प्रदर्शन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २५ श्रीसियाको सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीबीचको रोक्का राखिएको जग्गा फुकुवाकाे मांग गर्दै आज बाटाे अवरुद्ध गरी टायर बालेर प्रदर्शन भएकाे छ ।

सुक्खा बन्दरगाह अगाडी वीरगंज-पाेखरिया सडक अवरुद्ध गरी स्थानियहरुले विहान ११:३० देखी १:३० सम्म टायर बालेर प्रदर्शन गरेका छन् । बन्दरगाह र एकीकृत जाँचचौकीबीचको राेक्का राखिएकाे ६२ बिघा जग्गाको फुकुवा गर्नु पर्ने अथवा उचित मुआवजा दिनु पर्ने माग राख्दै स्थानिय जग्गा धनीले प्रदर्शन गरेका हुन् ।

वीरगंज ड्राइपाेर्ट बस्ती अतिक्रमण विरुद्धकाे संघर्ष समितिकाे आयाेजनामा भएकाे प्रदर्शनका कारण लामाे तथा सानाे दुरीकाे चल्ने सम्पूर्ण सवारी साधनहरु २ घण्टा सम्म अवरुद्ध भएकाे थियाे ।

बाटाे अरुद्ध भए पछि लामवद्ध भएका ट्रक र बाटाे खुल्ने प्रतिक्षामा ट्रकका चालक । तस्बिर : कालिका टाईम्स

सो क्षेत्रको प्रति कट्ठा जग्गाको न्यूनतम २४ लाख देखि अधिकतम ६७ लाख रुपैयाँ सम्म मुआवजा दिने निर्णय सार्वजनिक भए पछि संघर्ष समितिले थप आन्दाेलनकाे कार्यक्रम घाेषण गर्दै बाटाे नै अवरुद्ध गरी प्रदर्शनमा उत्रेकाे हाे । राेक्का राखिएकाे जग्गा प्रति धुर ५ लाख देखी १५ लाख सम्म बिक्री हुने गरे ता पनि प्रति कठ्ठा २४ लाख देखी ६७ लाख सम्म मुअबजा दने निर्णय आफुहरुलाई मान्य नभएकाे संघर्ष समितिका संयाेजक अमिका प्रसाद पटेलले वताए । उनले भने हामी पहिला देखी नै राेक्का राखिएकाे जग्गा फुकुवाकाे मांग राख्दै आन्दाेलन गर्दै आएका थिए तर एकासी हामीलाई थाहे नदिकन मुअबजा निर्धारण गरिएकाे संचार माध्यमबाट थाह पाए पछि हामी एकासी बसी थप आन्दाेलनकाे कार्यक्रम घाेषण गरेका छाैं, उचित मुआवजाकाे निकास वा पुनर्वासको व्यवस्था नभए सम्म हाम्राे आन्दाेलन जारी रहनेछ ।

वीरगंज ड्राइपाेटमा टायर बालेर भएकाे प्रदर्शन । तस्बिर : कालिका टाईम्स

भाेली शुक्रबार फेरी ११ बजे देखी २ बजे सम्म सडक अवराेध गर्ने संघर्ष समितिकाे आन्दाेलनकाे कार्यक्रम रहेकाे छ । राेक्का राखिएकाे जग्गामा २ सय ९७ वटा घरहरु पनि रहेकाे संघर्ष समितिले जनाएकाे छ । साे जग्गामा बन्दरगाह बिस्तार गर्ने नेपाल सरकारकाे याेजना रहेकाे छ।

तीन वर्षदेखि राेका राखिएकाे जग्गा फुकुवा तथा मुआवजा वितरण हुन नसक्दा गाउँलेहरूले घरजग्गाको कारोबार तथा वित्तीय कारोबारसमेत गर्न पाएका छैनन् ।

बालिएकाे टायर प्रहरीलेे हटाउदै । तस्बिर : कालिका टाईम्स
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...