Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

 नर्सिंग शसक्तिकरण सम्बन्धि ३ दिने तालिम सम्पन्न

spot_img
spot_img

वीरगञ्ज । नेपाल नर्सिंग संघ (नान) पर्साद्वारा आयोजित प्रशंसनिय खोज तथा पेशागत संचारको सिप सम्बन्धी ३ दिने तालिम आज सम्पन्न भएको छ ।

नर्सिंग कर्मचारीको लागि शसक्तीकरण तथा स्वास्थ्य संस्थाको बिकासको बारेमा नर्सहरुलाई जानकारी गराउने तथा सेवा प्रति हौसला प्रदान गर्ने अभिप्रायले तालिमको आयोजना गरीएको नारायण्ी अस्पताल वीरगञ्जकी निमित्त मेट्रोन श्रुति साहले बताउनुभयो ।

नान पर्साकी निमित्त अध्यक्ष हेमा थापाको सभापतित्वमा भएको तालिममा ८० जना बिभिन्न स्वास्थ्य संस्थाहरुसँग आबद्ध नर्सहरुको सहभागिता रहेको थियो । नारायणी अस्पतालको सभाहलमा भएको तालिमको समापन समारोहलाई सम्बोधन गर्दै नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्टन डा. अतुलेश कुमार चौरासियाले नर्सहरु अस्पतालका मेरुदण्ड भएकोले नर्सहरुबिनाको स्वास्थ्य सेवाको कल्पना गर्न नसकिने धारणा राख्नुभयो ।

३ दिन सम्म चलेको तालिममा डा. रामचन्द्र लामीछाने र बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानकी प्राध्यापक डा. तारा थापाले सहभागिहरुलाई नर्सको जिम्मेवारी, स्वास्थ्य संस्थाप्रतिको उत्तरदायित्व, कामप्रति इमान्दारीता लगायका बिषयमा प्रशिक्षण दिनूभएको थियो ।

तलिममा नेशनल मेडिकल कलेज वीरगंजकी नर्सिंग डाइरेक्टर गंगा गुरुंग, वीरगंज नर्सिंग क्याम्पसकी क्याम्पस प्रमुख सुर्या कोइराला लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण वीरगंज नर्सिगं क्याम्पसकी उपप्राध्यापक जमुना भट्टराईले गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...