Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Home Blog Page 1063

पर्साको ७ औं खुल्ला दिसामुक्त सखुवा प्रसौनी गाउँपालिका घोषणा

पर्सा, ३० पुस ।
पर्साको ७ औं खुल्ला दिसामुक्त सखुवा प्रसौनी गाउँपालिका र ५७ औं खुल्ला दिसामुक्त वडा सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. २ सोमबार घोषणा भएको छ । गाउँपालिका अध्यक्ष प्रदिप जयसवालको अध्यक्षतामा भएको घोषणा सभामा पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले गाउँपालिकालाई खु्ल्ला दिसामुक्त घोषणा गरे ।

घोषणा सभाका प्रमुख अतिथी समेत रहेका रौनियारले साबुन पानीले हात धुई गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरेका थिए । कार्यक्रमका बिशिष्ट अतिथी जिल्ला स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति, पर्साका सचिव जकी अहमदले आजैको मितिबाट खुल्ला रुपमा दिसापिसाब नगर्न गाउँबासी संग प्रतिबद्धता गराए ।

श्रीपुर पंचगांवामा भएको घोषणा सभामा प्रदेश सांसद प्रहलाद गिरी, मंजुर अंसारी, जिल्ला समन्वय समिति, पर्साका संयोजक नेकमहमद अंसारी, संघिय समाजवादी फोरम नेपालका रामनरेश यादव, गैसस महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ, पर्साका सचिव युवराज खड्का लगायतकाले मन्तव्य राखेका थिए ।

घोषणा सभामा नेपाल पत्रकार महासंघ पर्सा शाखा, रेडियो वीरगंज एफएम, पत्रकार छठु साह, लालबाबु बानियाँ, नेपाल रेडक्रस सोसाइटी, अरुणोद्य युवा क्लब लगायतकालाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश्वर रौनियारले गरेका थिए ।

भुकम्प सुरक्षा सम्बन्धि वक्तृत्वकला प्रतियोगीता सम्पन्न

वीरगञ्ज, ३० पुष ।
पर्साको बहुदरामाई वडा नम्बर ८ रामनगरीमा भुकम्प सुरक्षा सम्बन्धि १ दिने वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । भुकम्प सुरक्षा दिवसको उपलक्ष्यमा जनहित युवा क्लबको आयोजनामा गैरसहकारी संस्था महासंघ नेपाल पर्साको सहजीकरणमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको हो ।

वक्तृत्वकला प्रतियोगीतामा प्रथम रुक्साना खातुन,दोश्रो प्रिया सहनी र तेश्रो प्रियंका साह भएकी छन भने सान्तावना रानी कुमारी गीरी भएकी हुन ।

जनहित युवा क्लबको अध्यक्ष अरबिन्द साहको अध्यक्ष्ता र पर्साका सहायक प्रमसख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको प्रमुख अतिथ्यामा सम्पन्न प्रतियोगीतामा गैरसहकारी संस्था महनसंघ नेपाल पर्साका अध्यक्ष छठु साह , जिल्ला प्रशासन कार्यालय, पर्साका अधिकृत भानुभक्त बराल ,वडान नम्बर ८ का वडाअध्यक्ष पानालाल साह , जिल्ला विपद् व्यवस्थापन समितीका अध्यक्ष रामनरेश यादव लगायतकाले छात्रात्रात्रहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रम संचालन शिव साहले गरेका थिए ।

ग्यास सिलिण्डरबाट आगलागी, दुई जना घाइते

विरगंज, ३० पुस ।
घरमा खाना बनाउने क्रममा ग्यास सिलिण्डरबाट आगलागी हुँदा दुई जना घाइते भएका छन् । वीरगंज महानगरपालिका ११ श्रीपुरमा हिरा महतोको घरमा खाना बनाउने क्रममा ग्यास सिलिण्डर एकासी पडकिदा आगलागी हुँदा दुई जना घाइते भएको हो ।

नेपाल सरकारले प्रतिबन्धत गरेका साना ग्यास सिलन्डर पडकिदा आगो लागेको हो । आगोले सो घरका श्रीमान र श्रीमती घाइते भएका हुन् । गम्भीर घाइते भएका ३५ वर्षीय जगरनाथ महतो धानुक र श्रीमती ३२ वर्षीय सुनितालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

खाना बनाउने क्रममा ग्यास सिलिण्डर पड्केर ठूलो आगलागी भएको स्थानीय राजेश मण्डलले बताए । आगो नियन्त्रणको लागी स्थानीयबासी ,महानगरपालिकाको बारुण यन्त्र र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको पर्साका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनु भयो ।

जोन्सको १४० औं जन्मदिनको अवसरमा मानव सेवा आश्रममा कार्यक्रम

वीरगंज, २९ पुस ।
लायन्स क्लब इन्टरनेशनलको संस्थापक मेलविन जोन्सको १४० औं जन्मदिन मानव सेवा आश्रम वीरगंजमा मनाएको छ । लायन्स तथा लियो क्लब अफ वीरगंज र लायन्स क्लब बीरगंज सेन्ट्रलले संयुक्त रुपमा आइतबार दिउसो आश्रममा खाजा खुवाई जन्मदिन मनाएको हो ।

क्लबका पदाधिकारी तथा सदस्यहरुले संस्थापक जोन्सको जन्मदिनको अवसरमा आश्रममा पुगी केक काटनुको साथै आश्रमका ४३ जनालाई दिउसोको खाजा खुवाएका छन । कार्यक्रममा वोल्दै लायन्स क्लब अफ वीरगंजका सह सचिव दिगम्बर थापाले आश्रमलाई प्रत्यक महिना एक हजारका दरले सहयोग गर्ने घोषणा गरे ।

सह सचिव थापाको संयोजकत्वमा भएको कार्यक्रममा लायन्स क्लब आँफ वीरगंज सेन्ट्रलकी अध्यक्ष मिरा खेतान, लायन्स क्लब अफ वीरगंजका पूर्व कोषाध्यक्ष राजेश बर्णवाल, सदस्य पप्पु श्रीवास्तव, सुमिर भंगर, रीता अग्रवाल, पबित्र गजुरेल, लियो क्लब अफ वीरगंजका पूर्व अध्यक्ष दिपेन्द्र यादव, सरिता खड्गी, सलाहकार इशक कुमार, पत्रकार शम्भु कुमार सुमन, मानव सेवा आश्रमका दिवेश गुप्ता, ऋषभ अग्रवाल, लियो क्लबकी अध्यक्ष अंजली गर्ग, सचिव मेराजुल हवारी, सदस्य भगवती सिगदेल, नाजिया रहमानी, रीतिक कुशवाहा, सारदा प्रधान लगायतको सहभागिता रहेको थियो ।

एपिएफलाई ४–१ गोल अन्तरले हराउदै हिमालयन शेर्पा विजयी

वीरगंज, २९ पुस ।

दोस्रो विशाल समृति फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा हिमालयन शेर्पा विजयी भएको छ । वीरगञ्जको नारायणी रंगशालामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलमा हिमालयन शेर्पाले, सशस्त्र प्रहरीको एपिएफलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

अधिकांश समय बललाई नियन्त्रणमा राख्न सफल हिमालयन शेर्पाले पहिलो हाफमा नै चार गोल गर्न सफल भएको थियो । दोस्रो हाफमा एपिएफले सान्त्वना गोल मात्रै फर्काउन सक्यो । हिमालयन शेर्पाका विश्वास श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । सोमबारको खेल जागृति युवा क्ल सिमरा र नेपाल आरमी क्लब काठमाडौं विच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा  विजेता टिमले कपसहित नगद ५ लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिता माघ ५ गतेसम्म चल्नेछ ।

वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल केडिया निर्विरोध निर्वाचित

वीरगंज, २९ पुस ।
वीरगंज उद्योग वाणिज्य संघको ४३ औं साधारण सभाबाट अध्यक्षमा गोपाल केडिया निर्विरोध निर्वाचित भएका छन । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सुवोध गुप्ता, द्वितिय उपाध्यक्ष अनिल अग्रवाल, महासचिव माधव राजपाल, सचिव उद्योग तर्फ मनोज दास, बाणिज्य तर्फ अरविन्द अमात्य, सहसचिव उद्योग तर्फ आशिष कुमार लाठ, बाणिज्य तर्फ प्रेम चन्द्र गोयल, निर्विरोध चयन भएका हुनु ।

त्यसैगरी कोषाध्यक्षमा रविन्द्र वर्णवाल र दिपक टिवडेवालको उम्मेदवारी परेपछि अहिले साँझ मतदान हुने कार्यक्रम रहेको नवनिर्वाचित अध्यक्ष गोपाल केडियाले बताए । त्यसैगरी संघको सहकोषाध्यक्षमा गोविन्द शाह निर्वाचित हुनु भएको छ । पदाधिकारीको कोषाध्यक्ष वाहेक सम्पूर्ण पद निर्विरोध चयन भएको केडियाले जानकारी गराए ।

यसअघि वीरगंज उद्योग वाणिज्य संघको साधारण सभाबाट वाणिज्य, उद्योग, एशोसिएट र एफिलिएट गरी ३५ जना सदस्यहरु निर्विरोध निर्वाचित भई सकेको र उनिहरुबाटै १० जना पदाधिकारीको छनोट भएको निर्वाचन समितिले जनाएको छ । वीरगंज उद्योग वाणिज्य संघको ४३ औं साधारण सभाको गत पुस २७ गते गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरेका थिए ।

प्रदेश २ का मन्त्रीले कुटे मन्त्रालयका सचिव

जनकपुर — प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि हातपात गरेका छन् । आइतबार मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । कुटाई खाने सचिवलाई प्रहरीले उल्टै नियन्त्रणमा लिएको छ ।

संघीय सरकारले सशर्त अनुदान अन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए । क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएका थिए । त्यसमा ४० वटा संस्था छनोट भएका थिए ।

सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरुले मुख्य ढोकामा धर्ना दिएका थिए । मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मन्त्री यादवले आफूले नकुटेको दाबी गरेका छन्। उनले सचिव झा प्रदेशका सभामुख र अर्का एक जना मन्त्रीको अगाडी ‘म लोकल हुँ’ भन्दै आफ्नो पदीय मर्यादा बिर्सिएर चर्को आवाजमा बोल्दै कोठाबाट निस्किएको बताए।

कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री नन्द बुढाले आफूलाई नटेरेको भन्दै सचिव झालाई गत जेठ महिनामा केन्द्रको वन तथा वातावरण मन्त्रालयमा फिर्ता गरिदिएका थिए । केही समय वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रुपमा खटाइएको थियो । सभार कान्तिपुर

११ औं रोट्याक्क डिष्ट्रिक कन्फरेन्स आयोजना हुदै

बुटवल, १८ पुस ।

बुटवलमा ११ औं रोट्याक्क डिष्ट्रिक कन्फरेन्स हुने भएको छ । रोट्याक्क क्लव अफ बुटवल, रोट्याक्क क्लव अफ तिनाउ सिटी, रोट्याक्क क्ल्व अफ भैरहवा, रोट्याक्क क्लव अफ कपिलबस्तु मिड टाउ र रोट्याक्क क्लव अफ थेम्स ईन्टरनेशनल कलेजको आयोजनामा डिष्ट्रिक कन्फरेन्स हुने भएको हो ।

आयोजकले आज संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारी पुरा भएको जानाकारी दिएको छ । डिष्ट्रिक कन्फरेन्स माघ ४ र ५ गते तिलोत्तमा स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुनेछ । रोट्याक्क डिष्ट्रिक ३२९२, नेपाल र भुटानले आयोजना भएको सम्मेलनमा देशभरका १ हजार बढिको सहभागिता हुने रोट्याक्क क्लव अफ तिनाउ सिटीका अध्यक्ष प्रकास पराजुलीले जानाकारी दिए ।

सम्मेलनमा व्यक्तित्व विकास, क्षमताको प्रदर्शन सम्बन्धी प्रशिक्षण समेत हुनेछ । कार्यक्रममा डिष्ट्रिक गर्भनर चिन्तामणि भटट्राई, डिष्ट्रिक गर्भनर नोमिनी राजीव पोख्रेल, सांसद गगन थापा, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव प्रसाद ढुंगेल, युवा राजनिती नेता रहवर अन्सारीको सहभागिता हुने आयोजकले बताएको छ ।

कार्यक्रम बारे जानाकारी दिदै रोट्याक्क क्लव अफ बुटवलका अध्यक्ष निरज पाण्डेले सामाजिक कार्य गर्दै आएका रोट्याक्क क्लवलहरुले सहभागि व्यक्तिहरुको व्यक्तित्व विकासका लागि पनि सम्मेलनको आयोजना गरिएको बताए । त्यस्तै रोट्याक्क डिष्ट्रिक ३२९२ का कम्युनिटी सर्भिस डिरेक्टर विक्रम क्षेत्रीले समाज रुपान्तरणको अभियान रोट्याक्क लागेको बताए ।

मुआव्जाको माग गर्दै सघर्ष समितीद्वारा अन्तरक्रिया

 वीरगंज, २८ पुष ।
सडक निर्माणमा मुआव्जा नपाउँदा उचित मुआब्जाको माग गर्दै मुआब्जा सघंर्ष समितीले आज अन्तरक्रिया गरेको छ। बारा र पर्सा जिल्लाका जनताहरुको निजी जग्गामा सडक निर्माण हुदाँ मुआव्जाको माग गर्दै मुआब्जा संघर्ष समितीले अन्तरक्रिया गरेको हो ।

परवानीपुरको हबिब मार्केटमा शनिबार भएको अन्तरक्रिया कार्यक्रम मार्फत संघर्ष समितिले उचित मुआब्जाको माग गरेका हुन । राष्ट्रिय गौरवको आयोजना गण्डक देखि परवानीपुर सम्म निर्माण हुदाँ निजि जग्गा अधिग्रहण गरेर सडक निर्माण भईरहेकोले उचित मुआब्जाको माग गर्दे अन्तरक्रिया गरेका हुन ।

बि.स. २०२१ सालमा नेपाल सरकारले त्रुटीपुर्ण तरीकाले निर्माण गरेको सडकमा एक पैसा पनि मुआब्जा नदिएकाले वर्तमानको समयमा मुआब्जाको माग गरीएको संषर्श समितीको भनाई छ । नेपाल सरकारको भौतिक पुर्वाधार मन्त्रालयलाई निजी जग्गा अधिग्रहण सडक निर्माण गर्दा जग्गा धनिले उचित मुआब्जा दिनु पर्ने बारा र पर्साका जनताहरुको माग छ ।

मुआब्जा माग संघर्ष समितीका संयोजक नागमणि उपाध्यायको अध्यक्ष्तामा भएको अन्तरक्रिया कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अंसारी , नेकपाका नेता रामपाल यादव, सोचन यादव, रामक्षेत्री पटेल, राजेन्द्र यादव, नेपाली कांग्रेस पर्साका सभापति अजय द्धिवेदी , रामनारायण कुर्मी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

राष्ट्रिय स्तरको विशाल स्मृति फुटबल प्रतियोगिता वीरगञ्जमा शुरु, पहिलाेे खेलमा वीरगंज विजयी

वीरगंज, २८ पुस ।

वीरगञ्जमा आजदेखी शुरु भएको विशाल स्मृति फुटबल प्रतियोगितामा वीरगञ्ज ११ ले विजयी शुरुवात गरेको छ । नारायणी रंगशालामा आज भएको उद्घाटन खेलमा वीरगञ्जले साउथर्न समितिलाई ३–१ गोलले पराजित गरेको हो ।

निकै प्रतिश्पर्धात्मक एवं रोमाञ्चक भएको खेलमा निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेलेपछि ट्राईब्रेकरबाट नतिजा निकालिएको थियो । वीरगञ्ज ११ का गोल किपर दिपेश यादव म्यान अफ दी म्याच घोषित भएका छन् । उनले कलकत्ताको दुई जना खेलाडीले हानेको पेनाल्टी रोकिदिएका थिए ।

गतवर्षदेखी सञ्चालन प्रतियोगिताको आज पूर्व सांसद अनिल रुगंटाले उद्घाटन गरेका थिए । प्रतियोगितामा आयोजक वीरगंज ११, ए डिभिजनका पाँच टिम र भारतको दुईवटा टिम सहभागि रहेको आयोजक प्रतिष्ठानका पंकज श्रेष्ठले बताए ।