Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

गढीमाईबाट फर्किदै गरेको पिकप दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे, १४ घाइते

spot_img
spot_img

बारा । गढीमाई मेलाबाट श्रद्धालु लिएर फर्किदै गरेको पिकप दुर्घटना हुँदा महोत्तरीको बर्दिबासमा दुईजनाको ज्यान गएको छ । घाइते दुवैजनाको शुभ स्वस्तिक हस्पिटल बर्दिबासमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । चारजनाको अवस्था गम्भीर छ।

धनुषाको धनुषाधाम नगरपालिका-३ का ८० वर्षीय सुन्ताला देवी साह र भारतको बिहार जयनगर चितैयाकी ६५ वर्षीया बरतीया देवी महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी निशान थापाले जनाए ।पूर्व-पश्चिम राजमार्गस्थित बर्दिबास-५ को जंगल क्षेत्रमा बुधबार बिहान पाँच बजेतिर दुर्घटना भएको हो ।

विपरित दिशाबाट आइरहेको ट्रकलाई साइड दिने क्रममा ना ५ च १२२७ पिकप दुर्घटनामा भएको हो । ‘ट्रकलाई पिकले साइड दियो, तर ट्रकले हेडलाइट ड्रिम गरेन, ‘दुर्घटनका घाइते विनिता सिंहले भनिन्, ‘बत्तीको लाइटले पिकप चालकले बाटो देख्न सकेन, त्यसपछि गाडी सडक छेउमा गएर पल्टियो ।’

चारजना गम्भीर घाइतेलाई बर्दिबासबाट थप उपचारको लागि धरान पठाएको छ । अन्य घाइतेको उपचार शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ। धनुषाधाम नगरपालिका ३ का पिकप चालक दुर्योधन महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...