Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

बार्वाछतैलीमा नि:शुल्क आँखा शिविर, मेयर सरावगीद्वारा श्री ने.रा. माविकाे निरिक्षण

spot_img
spot_img

वीरगंज । पर्साको पर्सागढि नगरपालिका वडा नं. ४ बार्वाछतैलीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । वीरगंज महानगरकाे मेयर कल्याणकारी कोष अन्तर्गत मातृका फाउन्डेसनबाट संचालित नि:शुल्क अँखा शिबिर सम्पन्न भएको हो ।

श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बर्वाछतैलीमा भएकाे शिबीरमा ३ सय २९ जनाले आँखाको परिक्षण गराएको मेयरका राजनीतिक सलाहकार मुकेश द्विवेदिले वताउनुभयो । जस मध्ये १ सय ६० जनामा मोतिया बिन्द फेला परेको द्विबेदीले जानकारी गराउनु भयो ।

शिबिरमा मोतियाबिन्द फेला परेकाहरुको शल्यक्रिया मंसिर २८ गते बिरगंजमा माटृका आई फाउन्डेसनमा र तिलगंगा आँखा अस्पतालबाट आएको डाक्टरको टोलिबाट गरिने मेयरको निजि सचिवालयले जनाएको छ ।

शिबिरकाे उदघाटन नगर प्रमुख बिजय सरावगीले गर्नु भएको थियो । समाजवादी पार्टीका नगर अध्यक्ष खुर्सेद आलमकाे अध्यक्षतामा भएकाे शिबिरमा समाजवादी पार्टीका केन्द्रीय सदस्य शसिकपुर मियाँ, बृजमाेहन चाैधरी, जिल्ला अध्यक्ष रामनरेश यादव, मेयरका राजनितिक सलाहकार मुकेश द्विवेदी, पिन्टु उपाध्याय, ओसिर हवारी लगायतकाको सहभागिता रहेको थियो ।

bidalaye nirixan_kalikatimes

यसै बिच बिरगंज माहानगरपालीका मेयर विजय कुमार सरावगीले शिविर स्थल श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय पर्सागढि वार्ड न ४ बर्वाछतैलिकाे आज निरीक्षण गर्नु भएको छ । साे विद्यालयमा कक्षा ११ र १२ संचालनकाे लागि कम्प्युटर लैबको अवश्यकता रहेको र त्यसको लागी अर्थिक सहयोग गराइदिनहुनको लागी मेयर सरावगी संग विद्यालयका प्रअ र स्थानीयहरुले अनुरोध गरेका थिए । जवाफमा मेयर सरावगीले आफुले सके जति प्लस २ संचालनमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएकाे मेयर सरावगीका राजनितिक सलाहकार द्विवेदीलरे जानकारी गराए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...