Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

वीरगन्जमा ब्रेन टियुमरको सफल सलक्रिया

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज १४ बहुअरी गण्डक स्थित रहेको वीरगंज हेल्थ केयर अस्पतालले ब्रेन टियुमरको सलक्रिया गर्न सफल भएको छ । ब्रेन टियुमर रोगले ग्रसित पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ नवका टोलाका २१ बर्षिय किशोरी ईन्दु कुमारी महतोको अस्पतालले सलक्रिया सफल भएको हो ।

विगत कयौं महिनादेखि टाउँकोको दुखाईको समस्या आएको थियो, ईन्दुका पिता रामा महतो थारुले भने, टाउँको दुखनुका साथै पेटमा अपच हुन्थ्यो, कुनैपनि खानेकुरा खादाँ लगतै बान्ता आईहाल्ने जस्ता समस्या देखिएपछि उपचारको लागि हेल्थ केयर अस्पतालमा मंसिर ६ गते भर्ना गराएका थिए ।

अस्पतालका न्यूरो सर्जन डा. फिरोज अफजलले ब्रेन सर्जरी गरेर टियुमर निकालेका थिए । महताले भने, डा. अफजल सहितको चिकित्सकको टोलीले गरेको योगदान हाम्रो लागि बर्दानको रुपमा छ, जसले गर्दा मेरो छोरीको स्वास्थ्य अवस्थामा धेरै सुधार आएको छ र अहिले सहज रुपमा बोल्न खान पनि सकिरहेकी छिन ।

अस्पतालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा महतोले भने, हाम्रो परिवार सम्पन्न छैन, वीरगन्ज बाहेक अन्त्य उपचार गराउँन पनि असक्षम छौ, तर हेल्थ केयरमा १ लाख रुपैयाको खर्चमै सम्पूर्ण उपचार सम्पन्न भएको छ, अन्त्य तीन देखि चार लाख रुपैया उपचारमा खर्च हुन्थ्यो ।

पत्रकार सम्मेलनमा न्यूरो सर्जन डा. फिरोजले प्रदेश नम्बर २ लाई नै मध्यनजर गरी यो अस्पतालमा ब्रेन टियुमरको सर्जरी संचालनमा ल्याएको बताए । उनले भने, पर्सा जिल्लामा ठूला ठूला अस्पताल छन, तर कसैसंग सुविधा सम्पन्न उपकरणहरु छैन, ब्रेन टियुमर समस्या देखिएका विरामीहरुलाई वीरगन्ज भन्दा राजधानी अथवा भारतको महँगो अस्पतालमा उपचार गराउँन बाध्य हुन्थ्यो ।

पहिला ब्रेन टियुमरको सलक्रियाका लागी देशकै राजधानी, विदेश सम्म जानुपर्ने अवस्थाले ठूलो रकम खर्च हुने र उपचार समयमा न पाउँदा अकालमै मृत्यु हुने भएकाले सो विकल्पको रुपमा वीरगंज हेल्थ केयर अस्पतालमा ब्रेन टियुमरको सलक्रिया सुरु गरिएको चिकित्सक अफजलले बताए ।

ब्रेन टियुमर रोग एउटा क्यान्सर जस्तै प्राण घातक रोग हो, उनले भने, प्रत्येक १० हजार व्यक्ति मध्ये १ जनालाई हुन्छ । यो रोगको मुख्य लक्षण भनेको टाउँको दुखाई, टाउँको दुखाई हुने तलदेखि माथि सम्मको भाग सुनिने र कमजोर हुने, वान्ता हुने, पटक पटक वेहोस हुने हो । समयमै उपचार हुन नसके अकालमै ज्यान गुमिन्छ ।

उनले ब्रेन टियुमरको अप्रेशन गर्न ८० हजार र २० हजार जतिको औषधी मात्र लाग्छ तर यही रोग काठमाण्डौ वा देश बाहिर गराउँन गए ३ देखि ४ लाख सम्म खर्च हुने गरेको छ जसले गर्दा विपन्न वर्गका व्यक्तिले वा सम्पन्न व्यक्ति समेत समयमा उपचार लिन सकिदैन् ।

पत्रकार सम्मेलनमा हेल्थ केयरका प्रबन्धक अबुलेस अन्सारी, मेट्रोण भुमिका अधिकारी, स्वास्थ्य कर्मी जयमोद ठाकुर लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...