Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

स्वय‌ं सेविका दिवसकाे अवसरमा कालिकामाईमा र्‍याली तथा हाजरी जवाफ प्रतियाेगिता

spot_img
spot_img

वीरगंज । “गाउँ नगरमा महिला स्वास्थ्य स्वय‌ं सेविका, स्वास्थ्य प्रवर्धनमा अहम भुमिका” भन्ने नाराका साथ देश भर मनाइए जस्ताे १६ औं महिला स्वास्थ्य स्वयं सेविका दिवस पर्सामा पनि बिहिबार मनाइएकाे छ । स्वयं सेविका दिवसकाे अवसरमा पर्साकाे कालिकामाई गाउँपालिकामा र्‍याली तथा हाजरी जवाफ प्रतियाेगिताकाे आयाेजना गरी मनाइएकाे हाे ।

कालिकामाई गाउँपालिकाकाे आयाेजनामा निस्केकाे र्‍याली वडा नं. ५ बिरन्चीबर्वा गाउँकाे परिक्रममा गरी सम्पन्न भएकाे थियाे ।

त्यस पश्चात भएकाे हाजरी जवाफ प्रतियाेगितामा हरिहरपुर स्वास्थ्य केन्द्रका महिला समुह प्रथम, मुडली स्वास्थ्य केन्द्रका महिला समुह द्वितिय र पशुरामपुर स्वास्थ्य केन्द्रका महिला समुह तृतिय भएकाे गाउँपालिका कार्यालयका स्वास्थ्य संयाेजक याेगेन्द्र चाैरसियाले वताए ।

विजेता तिनै महिला समुहलाई गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा, उपाध्यक्ष राजेश चाैरसिया र प्रमुख प्रशासकिय अधिकृत राजु साहले पुरस्कृत गरेका थिए । साे अवसरमा गाउँपालिका अन्तर्गतका ४५ जन महिला स्वयं सेविकाहरुलाई छाता र टर्च पनि वितरण गरिएकाे स्वास्थ्य संयाेजक चाैरसियाले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार अपरिहार्य : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकारसँगै अन्तरिम संविधान आवश्यक रहेको...

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...