Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

पटेर्वा सुगौलीमा एक महिने आल्मुनियम फेब्रिकेटर तालिम सुरु

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा एक महिने आल्मुनियम फेब्रिकेटर तालिम सुरु भएकाे छ । गाउँ कार्यपालिकाकाे कार्यालय पटेर्वा सुगाैलीकाे आयोजनामा सुरु भएकाे तालिमकाे बिहिबार गाउँपालिकाकी उपाध्यक्ष ममता महताेले गरेकी छिन् ।

श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय दापु सुगौलीको तालिम हलमा तालिम सुरु भएकाे हाे ।

वडा अध्यक्ष राजेशवर महतोको अध्यक्षतामा भएकाे तालिम उदघाटन कार्यक्रममा तालिम संयोजक बिरेन्द्र चौधरी, सुर्य इन्सच्यिुट प्रालिका कार्यक्रम संयोजक अर्जुन चौधरी थारु, आई.टी.अफिसर सोलेन्द्र पंजियार, उर्जा शाखा अधिकृत केश राज चौधरी, समाजिक शाखा अधिकृत राजकुमार महतो थारुको र बिधालयको प्र.अ.मोहन चौधरीको उपस्थिति रहेको थियोे।

तालिमकाे मुख्य उदेश्य वेरोजगार युवा युवतीहरूलाई सीप प्रदान गरि रोजगार प्रदान गर्नु रहेकाे छ । गत बर्ष २०७५/०७६ मा यसै आल्मुनियम फेब्रीकेटरको तालिम २० जना परिक्षार्थिहरू मध्ये १६ जना रोजगार भइसकेकाे जनाइएकाे छ । तालिममा प्रशिक्षक तपसी चौधरीले प्रशिक्षण दिइरहेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...