Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश सांंसदकाे छलफल

spot_img
spot_img

वीरगंज । जनता आवास कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रदेश सभा सदस्यहरु सँग छलफल बैठक सम्पन्न भएको छ ।

सहरी विकास भवन डिभिजन कार्यालय पर्सामा आज बसेको बैठकले जनता आवास कार्यक्रम अन्र्तगत पर्सा जिल्लामा निर्माणाधिन घरहरुको काम तिब्र गतिमा अगाडि बढाउन कार्यक्रममा सहभागीहरुले जोड दिएका थिए । पर्सा जिल्लामा गरिब, बिपन्न, दलित वर्गहरुको घर निर्माण कार्य अधुरा रहेकोले त्यसलाई छिटोभन्दा छिटो तिब्र गतिमा अगाडि बढाउन निर्णय गरिएको हो ।

जनता आवास कार्यक्रम पर्साका संयोजक एवं प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीको सभापतित्वमा बसेको बैठकमा प्रदेशसभा सदस्यहरु करिमा बेगम, मञ्जुर आलम, शंकर चौधरी, प्रहलाद गिरी, सिंगासन साह कलवार, रागिनी वर्णवाल, अंजु यादव, सहरी विकास भवन डिभिजन कार्यालय कार्यालय पर्साका अधिकृत सरोज गोईत लगायतको सहभागीता रहेको युवा नेता शेख फिरोजले जानकारी दिनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...