Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा अन्तरक्रिया, प्रजिअ भट्टराईको विदाई

spot_img
spot_img

वीरगंज । अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा बिहिबार भोलन्टियर वीरगंजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले निस्वार्थ भवनाबाट भोलन्टियर समुहले गरेको कामको प्रशंसा गर्दै निरन्तरता दिनु पर्नेमा जोड दिए ।

उनले वीरगंज स्थित रहेको नेपालको मुख्य प्रबेशद्वार शंकराचार्य गेट सरसफाई अभियानको अगुवाई गरे जस्तै अरु पनि यस्ता महत्वपूर्ण कामको आवश्यकता बोद्ध गराउने काम भोलन्टियरले गर्नु पर्ने वताए । उनले भने “जुन सुकै राम्रो कामका लागि महानगर सहयोग गर्न तयार छ, राम्रो कामको लागि भोलन्टियरले दबाव दिए महानगरलाई काम गर्न झन सजिलो हुने छ ।”

prajia vatarai_kalikatimes

अन्तरक्रिया कार्यक्रम मै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको विदाई समेत गरिएको थियो । एक बर्ष देखी पर्सामा कार्यरत रहेका प्रजिअ भट्टराईको चितवन सरुवा भए पछि भोलन्टियर समुहले विदाई गरेको हो ।

कार्यक्रममा वोल्दै प्रजिअ भट्टराईले आफुले राम्रो काम गर्न प्रयास गरेको वताए । मान्छे भगवान नभएको वताउदै भट्टराईले काम गर्दा गल्ती पनि हुन सक्ने वताए । उनले भने “काम गर्दा कतिको मन पनि दु:खेको होला, कतिलाई नराम्रो पनि लागेको होला, मान्छे कुनै भगवान होइन, काम गर्दा सबै ठिक पनि हुन सक्दैन् त्यही भएर राम्रो मात्र लिनु होला ।

उनले थपे भोलन्टियर समुहले गरेको काम प्रशंसिय छ, मेरो सरुवा तपाईहरुको छिमेकी जिल्ला चितवन मै भएको छ, कुनै टांढा पनि छैन् पछि पनि विभिन्न माध्यमले भेट भईरहनेछ, हाम्राे देश कुनै ठूलाे पनि छैन् जिल्लामा पनि भेट हुन सक्छ ।”

volontier samuh_kalikatimes

भोलन्टिय वीरगंजका अध्यक्ष राजन श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, नेकपाका युवा नेता अरबिन्द सिंह, प्रभाकर गुप्ता लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन भोलन्टियरका महासचिव श्याम सरार्फले गरेका थिए ।

कार्यक्रममा ३ जना स्वयंसेवक र एउटा संस्थालाई सम्मान समेत गरिएको थियो । भोलन्टियर समुह तथा अन्य समाजिक कार्यमा निस्वार्थ भवनाले सहयोग गर्ने अनिशकान्त कुशवाहा, भोलन्टियर समुहमा उत्कृष्ट काम गरेका किशन सरार्फ र विनय गुप्तालाई सम्मान गरिएको थियो । यस्तै 4GR नामक महिलाहरुको संस्थालाई राम्रो काम गरे वापत सम्मान गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...