Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

मंसिर २८ गते शनिबार वीरगंज लाइभ इपिसोड ३ हुने

spot_img
spot_img

वीरगंज । वातावरण जिउने आधार नामक संस्थाले यही मंसिर २८ गते वीरगंज लाइभ इपिसोड ३ गर्न गइरहेको छ ।

वीरगंजस्थित नगरसभा गृह  (Town hall) यही शनिबार वीरगंज लाइभ इपिसोड ३ मोटिभेसनल सेमिनार हुन गइरहेको आयोजक संस्थाले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

सो मोटिभेसनल सेमिनार कार्यक्रममा डाटा संकलन गर्ने साउथ एसियाकै तेस्रो स्थानमा पर्ने संस्थाको सिइओ मनिष झा, काठमाण्डौंबाट मेयर पदमा चुनाव लडेकी युवा नेतृ रन्जु दर्शना, जनता जान्न चाहन्छ टिभी कार्यक्रमका संचालन गर्ने पत्रकार ऋषी धमला, वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्य, नेपाली कांग्रेसका पूर्व सांसद एवं उद्योग व्यवसायमा नाम कमाएका अनिल रुंगटा लगायतले मोटिझेट गर्ने आयोजक संस्थाले जानकारी दिएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा भएकाे पत्रकार सम्मेलनमा कुनै किसिमको चन्दा संकलन नगरी तथा टिकट माक्रै बित्री वितरण गरेर कार्यक्रम गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष रोहित वर्णवालले जानकारी गराए ।

कार्यत्रममा वातावरण जिउने आधार संस्थाका केन्द्रिय अध्यक्ष आकाश चौहान, पर्साका सचिव प्रभात सिंह, प्रोग्राम कोर्डिनेटर प्रभाकर गुप्ता, सह–सचिव दिपु वर्णवाल, सदस्यहरु आयुषराज वर्णवाल, मयंक रौनियार, शुशिला पौडेल, गरिमा र विकास चौहान लगायतको उफस्थिती रहेको थियो ।

त्यसैगरी आयोजक संस्थाले शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिने बताएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...