Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

रेडियो वीरगंजको १७ औं बार्षिकाेत्सवमा रक्तदान कार्यक्रम, रेडियो पोखरीया र टिभी विरगंजको नयाँ सौगात

spot_img
spot_img

बीरगंज । मध्य तराई कै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो प्रसारणको १७ वर्ष पुरा गरी गौरवमय रुपमा १८ औँ बर्षमा प्रवेश गरेको अवसरमा १७ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।

रेडियो परिसरमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले समाजिक क्षेत्रमा समेत उल्लेख्य योगदान पुर्‍याउदै आएको रेडियो वीरगंजले १८ औ वार्षिकोत्सवको अवसरमा आंउदो मंसिर २८ गते शनिबार रेडियो परिसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने बताउनु भयो ।

उहाँले रेडियो वीरगंजले मध्य तराईमा आयोजना हुने रक्तदान कार्यक्रममा आफ्नो छुट्टै पहिचान बनाएको हुदा पुनः यस पटक पनि रेडियो वीरगंजले आयोजना गर्ने रक्तदान कार्यक्रम ऐतिहासिक रहने बताउनु भयो । पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष साहले रेडियो वीरगंजले गौरवमय रुपमा १७ औ वार्षिकोत्सव मनाउदै गर्दा स्रोता र विज्ञापनदाताहरुको अपार स्नेहका कारण अहिले २ हजार वाटमा क्षमता वृद्धि गरी रेडियोको प्रसारणलाई स्रोता माझ पुर्याईएको बताउनु भयो ।

उहाँले यसवर्ष रेडियो टावरलाई आधुनिकिकरण गरी ४० मिटर थप अग्लो बनाइ प्रसारण क्षमतामा तराईकै पहिलो रेडियो वन्ने जमर्को गरेको दावी गर्नु भयो । हाल रेडियो बीरगंज मध्यतराई मै पहिलो पटक चौविसै घण्टा प्रशारण हुने एक मात्र रेडियो रहेको र अहिले १७ औ वार्षिकोत्सव मनाई रहंदा रेडियो वीरगंजको भातृ संस्थाको रुपमा रेडियो पोखरिया १०५.८ मेगाहर्जका साथै टेलिभिजनको दुनियामा श्रोतालाई अब दर्शकको रुपमा समेत समेटने प्रयास स्वरुप टिभी वीरगन्ज प्रशारणको तयारीमा रहेको साहले बताउनु भयो ।

उहाँले रेडियो पोखरीयाले मंसिर २७ गतेबाट प्रशारण प्रारम्भ गर्ने तथा टिभी विरगंजको समेत प्राविधिक तथा निर्माण कार्य अन्तिम चरणमा पुगि सकेको हुँदा जति सक्दो छिटो प्रशारण गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शत्रुघन नेपाल, प्रेस संगठनको केन्द्रिय सदस्य वृजलाल पासवान, समाजवादी पत्रकार संघका केन्द्रिय सदस्य अनिल तिवारी, प्रदेश सदस्य जगत राई, प्रेस युनियनका जिल्ला उपाध्यक्ष विजय चौहान, रितेश त्रिपाठी,  श्रीराम रायमाझी, विजय भण्डारी लगायतका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...