Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

आत्मकेन्द्रित स्वार्थमा केन्द्रित हुँदा समस्या : आपूर्ति मन्त्री भट्ट

spot_img
spot_img

वीरगञ्ज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्योगी व्यवसायीलाई आत्मकेन्द्रित स्वार्थबाट माथि उठ्न आग्रह गरेका छन् । उनले राष्ट्र र सामुहिक स्वार्थलाई ध्यान नदिँदा उद्योग, व्यापार र आयात निर्यात गर्दामा धेरै समस्या देखिएको बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघले वीरगञ्जमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री भट्टले अब उद्योगी, व्यवसायीको गुनासो नरहने गरी मन्त्रालयले काम गर्ने दाबी गरे । कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीका समस्या, गुनासा र मागहरु सुनेका मन्त्री भट्टले सामुहिक हितका लागि आवाज उठाउनुपर्ने बताए ।

‘एक अर्काको खुट्टा तान्ने प्रवृत्ति नेपालीको संस्कृति बनेको छ । आत्मकेन्द्रित स्वार्थमा केन्द्रित हुँदा समस्या पैदा हुन्छ, व्यक्तिगत समस्या उठाउने तथा मेरो व्यापार फलानोको भन्दा राम्रो होस भन्दा कुरा बिग्रिन्छ’ मन्त्री भट्टले भने ‘उद्योग व्यवसायलाई राष्ट्रको र सामुहिक उद्योगी व्यवसायीको स्वार्थमा केन्द्रित गर्नुस् समस्या आउँदैन । अर्काको मृत्युमा होइन, अरुको जीवनमा आफ्नो जीवन देख्नुपर्छ ।’ ‘क्वालिटी घटाउँदा बजारमा एकछिन त सस्तो दिनुहोला, तर जनताले थाहा पाउँदा आगो लगाउन आउँछन् । त्यतिबेला राज्यले सुरक्षा दिन सक्छ कि सक्दैन ?’ राष्ट्रहित विपरीतका नियम कानुनलाई परिवर्तन गर्नुपर्ने र त्यसका लागि मन्त्रालय तयार रहेको उनको भनाइ थियाे ।

‘हिजोको दिनमा ध्वंस गरेका थियौं, अब निर्माणमा लागेका छौं, तपाई हामी सबै निर्माणतिर लाग्नुपर्छ । तर, कतिपय सिमेन्ट उद्योगीहरु क्वालिटी घटाउनेतिर लागेको जानकारी मैले पाएको छु ।’ उनले भने ‘क्वालिटी घटाउँदा बजारमा एकछिन त सस्तो दिनुहोला, तर जनताले थाहा पाउँदा आगो लगाउन आउँछन् । त्यतिबेला राज्यले सुरक्षा दिन सक्छ कि सक्दैन ? कम लागतमा गुणस्तरीय समान बनाउनतर्फ लाग्नुपर्छ ।’ भारतबाट थप बन्दरगाह समेत प्रयोगमा ल्याउन दिने गरी प्रक्रिया अघि बढीसकेको जानकारी मन्त्री भट्टले दिए ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु गणेश लाठ, अशोक टेमानी, ओमप्रकाश शर्मा, वर्तमान अध्यक्ष गोपाल केडिया, चाचन ग्रुपका बाबुलाल चाचन लगायत चिनी, औषधी उद्योग, सिमेन्ट तथा छड उद्योग, साना तथा मझौला उद्योग लगायत विभिन्न क्षेत्रका प्रतिनिधिले उद्योगी व्यवसायी र आयातकर्ताको समस्याबारे मन्त्रीहरुलाई जानकारी गराएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...