Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

नगर प्रमुख सरावगीद्धारा एसिड पीडित मुस्कानलाई ३ लाख सहयोग प्रदान

spot_img
spot_img
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मुस्कान खातुनलाई ३ लाख रुपैया आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
काठमान्डौको किर्तीपुर स्थित बर्ण अस्पतालमा पुगेर नगर प्रमुख सरावगीले मुस्कान खातुनको परिवारलाई उपचारको लागी उक्त आर्थिक सहयोग प्रदान गर्नुभएको हो । वीरगन्ज महानगरपालिका कार्यालयद्धारा २ लाख र नगर प्रमुख सरावगीको तलब भत्ताबाट १ लाख रुपैयाको चेक नगर प्रमुख सरावगीले बिहिबार प्रदान गर्नुभएको हो ।
मुस्कान खातुनलाई बुधबार अमेरिकन तथा नेपाली डाक्टरहरुको टोलीले  प्लास्टिक सर्जरि अपरेशन गरेको छ । वीरगन्जको छपकैंया निवासी मुस्कान खातुन माथी एसिड आक्रमण गरेका कारण उनको उपचार तीन महिना देखि किर्तीपुर बर्ण अस्पतालमा  भइरहेको छ ।
नगर प्रमुख सरावगी अपस्पतामा पुगेर आर्थिक सहयोग गर्नुका साथै उनलाई अस्पतालमा चाहिने आवश्यक व्यवस्थापन समेतको व्यवस्था मिलाउनु भएको छ ।
मुस्कानलाई अझ आर्थिक सहयोगको अवश्यकता रहेकोले विभिन्न दाताहरुसंग कुरा चलिरहेको बताउदै नगर प्रमुख सरावगीले सबैलाइ इच्छुक संस्थाहरुलाई आर्थिक सहयोग गर्न अनुरोध समेत गर्नुभयो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...