Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

निर्माण व्यवसायीको अधिवेशन र सधारण सभा २९ र ३० गते

spot_img
spot_img

वीरगंज । पर्सा निर्माण व्यवसायी संघका प्रथम उपाध्यक्ष दिवाकर पटेल नेतृत्वले आगमी मंसिर २९ र ३० गते पर्सामा जिल्लामा ११ अधिवेशन र १६ औं सधारण सभा गर्ने निर्णय गरेको छ ।

रमाकान्त चौरसिया समुहबाट असन्तुष्ट पक्षले निर्माण व्यवसायी संघको सभाहलमा भेला बस्दै यस्तो निर्णय गरेको हो । संघले अनियमित किसिमले सदस्यता वितरण,वर्तमान अध्यक्ष तथा सचिवले संघर्षको अनुदान रकममा भ्रष्टाचारी गरेको,संघ नविकरण नगरको,संघको ेखा परिक्षण बाकी रहेको जस्ता कारणले ३१४ सदस्यी संघका बहुमत सदस्यले वर्तमान अध्यक्ष नेतृत्वबाट असन्तुष्ट बनेर छुटै भेला बसी संघको अगामि गतिविधि तय गरेको प्रथम उपाध्क्ष दिवाकार पटेलले बताए ।

यसअघि,रमाकान्त चौरसिया समुहको निर्माण व्यवसायीहरुले समुहले बुधवार बैठक बसी मंसिर २७ र २८ गते जिल्लाको १६ सधारण सभा र ११ आधिवेशन गर्ने निर्णया गरेको थियो । वर्तमान रमाकान्त चौरसिया अध्यक्ष रहेको कार्य समितिले संघको विधान विपरित कार्य रहेको भन्दै छुटिएर संघ चलाउने र सधारण सभा तथा अधिवेशन गर्न बहुमत सदस्यको सहभागिता पनि भेला गरेर देखाउने दाबी समेत प्रथम उपाध्यक्ष दिवाकार पटेलले गरेका छन् ।

दिवाकर पटेलको भेलामा वर्तमान कार्य समितिका निवर्तमान अध्यक्ष मोहनप्रसाद यादव,द्वितिय उपाध्यक्ष हीरालाल कुर्मी, कोषाध्क्ष उमेश क्षेत्री, सह कोषाध्यष महताब अहमद, सदस्यहरुमा राजु पटेल, सूर्य कोइराला, धुरेन्द्र कुर्मी, प्रेमनारायण सर्राफ, राजकिशोर कुर्मी, लालबाबु राउत कुर्मी, प्रदिप कुमार साह,साबिर अन्सारी, रमेश पाण्डे र ध्रुबकुमार कुर्मीलगायतको उपस्थिति रहेको थियो ।

शुक्रवार क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा सधारण सभा र अधिवेशनको तयारीको विषयमा दिवाकर पटेलको नेतृत्वको समुहले निर्माण व्यवसायीहरुको भेला बोलाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...