Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

जगरनाथपुर गापाका लक्ष्मीपुर टाेलवासीद्वारा ४ बुंदे ज्ञापन

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. २ लक्ष्मीपुर टाेल वासीहरुले ४ बुंदे ज्ञापन पत्र  मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाएका छन् ।

टाेल वासीहरुले आर्थिक बर्ष २०७६/७७ काे वितरणा नभएकाे समाजिक सुरक्षा भत्ता यथासिघ्र वितरण गराउनु पर्ने, गाउँपालिका अध्यक्ष जालिम मियाँ आफ्नो इँटा भठ्ठामा सार्वजनिक कुलाे भत्तकाई मासेका कारण ७० विगहा खेती सिचांई प्रभावित भएका कारण पुन: कुलाे निर्माण गर्न जादा गाउँपालिका अध्यक्ष मियाँले राेक्ने गरेकाले प्रमुख जिल्ला अधिकारीबाट स्थलगत अनुगम गरी कुलाे निर्माण सुचारु गराउन, साविककाे घाेडदाैडा पिपरा वडा नं. ८ र ९ लाई जगरनाथपुर गापाकाे वडा नं. २ मा राखेकाे तर हाल ३ बर्ष हुनलाग्दा विकास निर्माणमा कुनै सहभागिता नगराईएकाेले सम्मानजनक सहभागिता र गाउँपालिका कार्यालयबाट दलितकाे बालबालिकाकाे भत्ता उपलब्ध गराउनु पर्ने ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएका हुन् ।

सत्यनारायण प्रसाद चाैहान, जगदिश हजरा दुसाद, प्रभु प्रसाद चाैहान, जिउत महताे चाई, केशवर राम, जाेखु राउत लगायतकाले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई ज्ञापन पत्र बुझाएका हुन् ।

यता जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित गिरीले पंजिकरण विभागबाट समाजिक सुरक्षा भत्ताकाे लागि आए जितिकाे वितरण गर्नकाे लागि वडा सचिवहरुलाई निकास गरि सकिएकाे र वाकी रहेकाे अपुग रकम मांग समेत गरि सकिएकाे वताए । उनले हाल समाजिक सुरक्षा भत्ता पाउनेहरुकाे अभिलेखिकरणकाे काम तिब्र गतिमा भइरहेकाे र १५ दिन भित्र भइसके पछि वाकी पनि वितरण गरिने वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...