Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

हिंसाको उच्च जोखिममा रहेका किशाेरीहरूलाई आत्मनिर्भर बनाउन बिभिन्न सामग्री सहयाेग

spot_img
spot_img

वीरगंज । किशाेरी संवाद कार्यक्रम अन्तर्गत ६ जना किशोरीहरुलाई आज विभिन्न सामग्री वितरण गरिएकाे छ । एक कार्यक्रमका बिच टेलर्स सामाग्री ४ जनालाई, बिउटी पार्लर सामाग्री १ जनालाई र खाजा तथा किराना पसलको लागी आवस्यक पर्ने सामाग्रीहरु १ जनालाई बितरण गरिएको किशोरी संवाद कार्यक्रमका संवाद अधिकृत प्रकाश पाण्डेले वताए ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा नेपाल ग्रामीण पुननिर्माण संस्थाद्वारा संचालित किशोरी संवाद कार्यक्रम अन्तर्गत पर्साकाे वीरगंज महानगरपालिका वडा नं २९, ३० र ३१ का अति गरिव, दलित, जनजाती, मुस्लिम तथा अपांग भएका, बिधालय जानबाट बन्चित भएका किशाेरीहरुलाई सामग्री वितरण गरिएकाे उनले जानकरी गराए ।

बालबिवाह तथा बेचबिखनको उच्च जोखिममा रहेका किशोरीहरुलाई बालबिवाह तथा बेचबिखन हुनबाट बचाई आत्मनिर्भर बनाउने उदेश्यले सामग्री सहयाेग गरिएकाे पाण्डेले वताए ।

१ वर्षको संवाद केन्द्रमा भएको जिवन उपयोगी सिपहरुको  छलफलबाट आफ्नो  ब्युटि पार्लर पसल खोलि आत्मनिर्भर हुने सपना पुरा भएको दिव्या संवाद केन्द्र, कोनियाकी अन्जली चौधरीले वताईन ।

अपांग भएपनि आफुले लेडिज टेलर पसल खोलि आत्मनिर्भर हुने सपना थियो आज किशोरी संवाद कार्यक्रमले पुरा गरिदिएको साबित्रि कुमारी महत्तोले वताईन । 

त्यसैगरी किशोरीहरु, महिला तथा बालबालिकाका लागि स्वस्थ, पोषणयुक्त खाना/तरकारि प्रवर्धन गर्ने उदेस्यले पर्सा वीरगंज महानगरपालिका वडा नं २९, ३० र ३१ वाडमा ३५० जना र बाराका ४५० जना किशोरीहरुलाई बिउ बितरण गरिएको किशाेरी संवाद कार्यक्रमका सुपरभाईजर सुनेश्वर साहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...