Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष सहितकाे जनप्रतिनिधि विदेश भ्रमणमा

spot_img
spot_img

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरु कामकाज छोडेर विदेश भ्रमणमा निस्केका छन् ।

गाउँपालिका अध्यक्ष, वडा नम्बर १ देखि ५ नं. सम्मका वडा अध्यक्ष, गाउँपालिका सदस्य, प्रशासकिय अधिकृत, इन्जिनियरलगायतका पदाधिकारीदेखि कर्मचारीसम्म १५ जनाको टोली एकैसाथ विदेश भ्रमणमा निस्केका हुन् ।

गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीको नेतृत्वमा रहेको जम्बो टोली थाईल्याण्ड, मलेसिया, कम्बोडिया र सिंगापुरको भ्रमणमा गएका हुन् ।

भ्रमण टोलीमा चौधरीसहित गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत भुजेन्द्रप्रसाद यादव, वडा नं. १ का अध्यक्ष फरमान मिया अन्सारी, २ नं. वडाका अध्यक्ष विजय गैरे, वडा नं. ३ का अध्यक्ष माधव राउत थारु, ४ नं. वडाका अध्यक्ष राजेश्वर महतो थारु, वडा नं. ५ का वडा अध्यक्ष मोतिलाल साह रहेका छन् ।

त्यसैगरी गाउँपालिकाका सदस्यद्धय विपिन मुखिया, दिपक कुमार रसाइली, गाउँपालिकाको योजना, प्रशासन, शिक्षा स्टोर शाखाका अधिकृत शम्भुप्रसाद साह, सिभिल इन्जिनियर प्रदीप चौरसिया, उर्जा तथा वातावरण अधिकृत निर्मलकुमार सिंह, लेखापाल वीरेन्द्रप्रसाद साह, प्रशासन तथा योजना शाखाका नासु राजकुमार महतो र खरिदार वीरेन्द्रप्रसाद चौधरी छन् ।

भ्रमण टोलीमा महिला भने एकजनालाई पनि सहभागीता गराइएको छैन । गाउँपालिकाका अध्यक्ष चौधरीले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष ममता महतोलाई दिएका छन् । उपाध्यक्ष महतोले अध्यक्ष नेतृत्वको जम्बो टोलीसहित के उदेश्य लिएर विदेश भ्रमणमा निस्किएका हुन् आफूलाई केही जानकारी नभएको बताइन् ।

गाउँपालिकाको सम्पूर्ण जिम्मेवार व्यक्तिनै विदेश भ्रमणमा रहेकाकारण गाउँपालिका र त्यस अन्तर्गतका वडा कार्यालयहरु सुनसान बनेको छ । काम लिएर गएका सेवाग्राही गाउँपालिका र आफ्ना सम्बन्धित वडा कार्यालयहरुको ढोकामा पुगेर निराश भएर फर्किन बाध्य भएका छन् ।

कार्यालय कुरेर बसेका तल्ला तहका कर्मचारीहरु गाउँपालिका अध्यक्ष, पदाधिकारीहरु हुनुहुन्न पछि आउनु भन्दै सेवा लिन आउँने सेवाग्राहीलाई फर्किन आदेश दिइरहेको भेटिन्छ । तल्ला कर्मचारीहरु पनि शितलहरमा आगो तापेर दिन काटिरहेका छन् ।

विगत एक सातादेखि निरन्तर चिसो बढेसंगै गाउँपालिकाको स्थानीय जनता जाडोले प्रभावित भएपनि अध्यक्ष लगायत पदाधिकारी नहुँदा राहत वितरण गर्न सकेको छैन । नामको लागि मात्र जिम्मेवारी तोकिए पनि गाउँपालिका उपाध्यक्ष चौधरीले भनिन्, अत्यधिक जाडोका कारण दलित लगायत गरिब जनताको दैनिकी कष्टकर बन्दै गएको छ ।

समयमा राहत सामाग्रीे उपलब्ध नहुँदा जनता पीडामा परेका छन् ।

पुस २ गते भ्रमणमा निस्किएको जम्बो टोली एक सातापछि ११ गते मात्रै फर्किने कार्यक्रम रहेको बताइएको छ । गाउँपालिकको भ्रमण शीर्षकमा १० लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ । तर स्रोतका अनुसार भ्रमणका लागि प्रतिव्यक्ति २ लाख ५० हजार रुपैया खर्च गरिएको छ ।

भ्रमण शीर्षकमा विनियोजन गरिएको रकम भन्दा तेब्बर अर्थात कुल ३७ लाख ५० हजार हुन आउँछ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कोल्हवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६६ जनाले पाए विशेषज्ञ सेवा

बारा । कोल्हवी नगरपालिकाको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा...

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले...

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...