Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

फेन्सी ड्रेस कम्पिटिशन तथा पाठशाला आइडल सम्पन्न

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्ज पाठशालाको आयोजनामा आज फेन्सी ड्रेस कम्पिटिशन तथा पाठशाला आइडल सम्पन्न भएको छ । वीरगञ्ज पाठशालाको परिसरमा सम्पन्न प्रतियोगिताले विद्यार्थीहरुको क्षमता अभिबृद्धि र व्यक्तित्व बिकासमा सहयोग पुग्ने बिश्वास गरिएको छ ।

प्रतियोगितामा रोयल एकेडेमीका अध्यक्ष तथा निर्देशक ओमप्रकाश श्रेष्ठ र सञ्चारकर्मी तथा स्थानिय कलाकार सुर्य नारायण बिकले निर्णायकको भुमिका निर्वाह गरेका थिए । फेन्सि ड्रेस कम्पिटिशन तथा पाठशाला आइडलमा बिजयी विद्यार्थिहरुलाई अतिथिहरुले पुरस्कार बितरण गरेका थिए । सो अवसरमा बिभिन्न सांस्कृतिक प्रस्तुती समेत विद्यार्थिहरुले प्रस्तुत गरेका थिए ।

पाठशालाकी प्रिन्सिपल बिजया ओझैयाको सभापतित्वमा भएको प्रतियोगितामा पाठशालाका अध्यक्ष सन्दिप रौनियार, पाठशालाका सल्लाहकार एवम् ग्लोबल बिजनेश कलेजका निर्देशक तथा प्रिन्सिपल श्रीराम दास, बालअधिकारकर्मी ज्योति शाह, लगायत अभिभावक तथा स्थानिय बासिको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रमको समापन गर्दै पाठशालाकी प्रिन्सिपल ओझैयाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउँदै कार्यक्रमलाई सफल बनाइदिएकोमा अतिथि, शिक्षक, शिक्षिका, अभिभावक एवम् सम्पुर्ण सहयोगी हातहरुलाई आभार व्यक्त गर्नुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...