Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पर्साकाे २ ठाउँमा आगलगी, ८ लाख ५० हजार बराबरकाे क्षति

spot_img
spot_img

वीरगंज । पर्साकाे २ ठाउँमा आज विहान आगलगी हुदा ८ लाख ५० हजार बराबरकाे क्षति भएकाे छ । पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. ३ हरिहरपुर विर्ता र छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मिर्जापुरमा मंगलबार विहान आगलगी भएकाे प्रहरीले जनाएकाे छ ।

कालिकामाई गाउँपालिका वडा नम्बर ३ हरिहरपुर बिर्ता निवासी राधेश्याम गाेढको खपडाको भान्छा घरमा आगलगी हुदा ३ लाख मुल्य बराबरको क्षती भएको छ । खाना पकाउने चुल्होबाट आगो सल्केर बिहान ५.१५ बजे भएको आगलगीबाट अन्नपात, भाडाकुडा, मसुरोकाे दाल २ ड्राम, लताकपडा लगायतका सरसमान जल्दा रु ३ लाख बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी नायब निरिक्षक बिनोद रानाले बताए ।

आगलगीले घर पूर्ण रुपले जल्नुकाे साथै घरमा राखिएकाे अन्नपात र सरसमान जलेर नष्ट भए पनि पशुचाैपाय तथा मानविय क्षति नभएकाे उनले जानकारी गराए ।

aglagi ma motercycle_kalikatimes
छिपहरमाई गाउँपालिकाकाे मिर्जापुरमा भएकाे आगलगीमा जलेकाे माेटरसाइकल । तस्बिर : कालिका टाईम्स

यस्तै छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुर निवासी चन्जीत महतो कोईरीको खपडाकाे भान्छा कोठामा आज बिहान ३.३० बजेको समयमा अकस्मात आगलगी हुदा रु ५ लाख ५० हजार बराबरकाे क्षति भएकाे छ । भान्छा घर मै राखिएकाे ना.६२ प. ६२५३ नम्बरको अपाचे मोटरसाईकल र बिआर २२ के. ९५३२ भारतिय नम्बरको गलेमर मोटरसाईकल पुर्ण रपमा जलेर नष्ट भएको छ ।

आगलगीले घर पूर्यण रुपले जल्नुकाे साथै घरमा रहेको २ वटा माेटरसाईक,  धान,  चामल,  दाल लगायतकाे सरसमान जलेर नष्ट भएकाे प्रहरीले जनाएको छ । पोखरिया नगरपालिकाबाट पुगेकाे दमकल, स्थानिय र प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे प्रहरी चाैकी मिर्जापुरले जनाएकाे छ ।

आगलगी कसरी भयाे भने नखुले पनि आगाे अज्ञात समुहले लगाएकाे हुन सक्ने स्थानियहरुले वताएका छन् ।

chhipaharmaiko mirjapurma aglagi_kalikatimes
छिपहरमाई गाउँपालिकाकाे मिर्जापुरमा आगलगी भएकाे घर । तस्बिर : कालिका टाईम्स
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...