Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

पर्साकाे २ ठाउँमा आगलगी, ८ लाख ५० हजार बराबरकाे क्षति

spot_img
spot_img

वीरगंज । पर्साकाे २ ठाउँमा आज विहान आगलगी हुदा ८ लाख ५० हजार बराबरकाे क्षति भएकाे छ । पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. ३ हरिहरपुर विर्ता र छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मिर्जापुरमा मंगलबार विहान आगलगी भएकाे प्रहरीले जनाएकाे छ ।

कालिकामाई गाउँपालिका वडा नम्बर ३ हरिहरपुर बिर्ता निवासी राधेश्याम गाेढको खपडाको भान्छा घरमा आगलगी हुदा ३ लाख मुल्य बराबरको क्षती भएको छ । खाना पकाउने चुल्होबाट आगो सल्केर बिहान ५.१५ बजे भएको आगलगीबाट अन्नपात, भाडाकुडा, मसुरोकाे दाल २ ड्राम, लताकपडा लगायतका सरसमान जल्दा रु ३ लाख बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी नायब निरिक्षक बिनोद रानाले बताए ।

आगलगीले घर पूर्ण रुपले जल्नुकाे साथै घरमा राखिएकाे अन्नपात र सरसमान जलेर नष्ट भए पनि पशुचाैपाय तथा मानविय क्षति नभएकाे उनले जानकारी गराए ।

aglagi ma motercycle_kalikatimes
छिपहरमाई गाउँपालिकाकाे मिर्जापुरमा भएकाे आगलगीमा जलेकाे माेटरसाइकल । तस्बिर : कालिका टाईम्स

यस्तै छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुर निवासी चन्जीत महतो कोईरीको खपडाकाे भान्छा कोठामा आज बिहान ३.३० बजेको समयमा अकस्मात आगलगी हुदा रु ५ लाख ५० हजार बराबरकाे क्षति भएकाे छ । भान्छा घर मै राखिएकाे ना.६२ प. ६२५३ नम्बरको अपाचे मोटरसाईकल र बिआर २२ के. ९५३२ भारतिय नम्बरको गलेमर मोटरसाईकल पुर्ण रपमा जलेर नष्ट भएको छ ।

आगलगीले घर पूर्यण रुपले जल्नुकाे साथै घरमा रहेको २ वटा माेटरसाईक,  धान,  चामल,  दाल लगायतकाे सरसमान जलेर नष्ट भएकाे प्रहरीले जनाएको छ । पोखरिया नगरपालिकाबाट पुगेकाे दमकल, स्थानिय र प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे प्रहरी चाैकी मिर्जापुरले जनाएकाे छ ।

आगलगी कसरी भयाे भने नखुले पनि आगाे अज्ञात समुहले लगाएकाे हुन सक्ने स्थानियहरुले वताएका छन् ।

chhipaharmaiko mirjapurma aglagi_kalikatimes
छिपहरमाई गाउँपालिकाकाे मिर्जापुरमा आगलगी भएकाे घर । तस्बिर : कालिका टाईम्स
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...