Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

वीरगंज महानगरकाे वडा नं. ५ मा नेकपाको कमिटी चयन

spot_img
spot_img

बीरगंज । नेकपा बीरगंज महानगर कमिटिको आयोजनामा वडा नं. ५ रेशमकोठीमा नेकपाका जिल्ला सदस्य सुशिल सिंह क्षेत्रीको अध्यक्षतामा वडा भेला सम्पन्न भएको छ । उक्त भेलामा २७ सदस्यीय नेकपाको वडा स्तरीय सम्पर्क समिति चयन गरिएको छ ।

भेलामा वडा नं. ५ अन्तर्गतका गाउँ, टोलका कार्यकर्ताहरुलाई समेटीे संगठन विस्तारका लागि जनताको राय, सल्लाह तथा सुझाव संकलन तथा संगठन बलियो बनाउनका समितीलाई जिम्मेवारी समेत दिएको हो ।

भेलाका प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य तथा वीरगंज महानगर ईन्चार्ज दिनेश राई, विशिष्ट अतिथी नेकपा वीरगंज महानगरका अध्यक्ष रहबर अंसारी, नेकपाका महानगर सचिव डा. विश्मर शर्मा अतिथी नन्दकिशोर पंजियार, सगीर आलम, अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनका केन्द्रीय सदस्य मोहम्मद जुबैर आलम, बीरगंज युवा समाजका अध्यक्ष कमल चौलागाई, मनोज साह, उमेश पटेल, निशान लामिछाने लगायत नेकपा पार्टीका नेता तथा कार्यकर्ताहरु उलेखनिय सहभागिता रहेको थियो ।

उक्त भेलामा प्रमुख अतिथि राई, बिशिष्ट अतिथी अन्सारी, डा. शर्मा, पजियारले पार्टी एकता तथा संगठन बलियो बनाउनेप्रति जोड दिएका थिए । उक्त कार्यक्रममा नेकपाका नेता मनोज साहले स्वागत मन्तबय ब्यक्त गरेका थिए भने सहजीकरण श्रवण रायमाझीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...