Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंज महानगरकाे वडा नं. ५ मा नेकपाको कमिटी चयन

spot_img
spot_img

बीरगंज । नेकपा बीरगंज महानगर कमिटिको आयोजनामा वडा नं. ५ रेशमकोठीमा नेकपाका जिल्ला सदस्य सुशिल सिंह क्षेत्रीको अध्यक्षतामा वडा भेला सम्पन्न भएको छ । उक्त भेलामा २७ सदस्यीय नेकपाको वडा स्तरीय सम्पर्क समिति चयन गरिएको छ ।

भेलामा वडा नं. ५ अन्तर्गतका गाउँ, टोलका कार्यकर्ताहरुलाई समेटीे संगठन विस्तारका लागि जनताको राय, सल्लाह तथा सुझाव संकलन तथा संगठन बलियो बनाउनका समितीलाई जिम्मेवारी समेत दिएको हो ।

भेलाका प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य तथा वीरगंज महानगर ईन्चार्ज दिनेश राई, विशिष्ट अतिथी नेकपा वीरगंज महानगरका अध्यक्ष रहबर अंसारी, नेकपाका महानगर सचिव डा. विश्मर शर्मा अतिथी नन्दकिशोर पंजियार, सगीर आलम, अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनका केन्द्रीय सदस्य मोहम्मद जुबैर आलम, बीरगंज युवा समाजका अध्यक्ष कमल चौलागाई, मनोज साह, उमेश पटेल, निशान लामिछाने लगायत नेकपा पार्टीका नेता तथा कार्यकर्ताहरु उलेखनिय सहभागिता रहेको थियो ।

उक्त भेलामा प्रमुख अतिथि राई, बिशिष्ट अतिथी अन्सारी, डा. शर्मा, पजियारले पार्टी एकता तथा संगठन बलियो बनाउनेप्रति जोड दिएका थिए । उक्त कार्यक्रममा नेकपाका नेता मनोज साहले स्वागत मन्तबय ब्यक्त गरेका थिए भने सहजीकरण श्रवण रायमाझीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...