Date
शनि, असार १३, २०८३
Sat, June 27, 2026

शंकराचार्यद्वारमा भोलन्टियरद्वारा आठौं शनिबार पनि सरसफाइ

spot_img
spot_img

वीरगंज । भोलेन्टियर समूह बिरगंजद्वारा आज आठौ सप्ताह पनि नेपालको मुख्य प्रवेशद्वार शंकराचार्य गेट लगायत वरिपरि सरसफाइ गरि वातावरणलाई सफा सुन्दर बनाउन कार्यमा सफल भएका छन् ।

डाइकाण्डोका प्रशिक्षक असेसर पटेलले आर्थिक अवस्थाले कमजाेर रहेका परिवारहरुका बालबालिकाहरुलाई नि:शुल्क रुपमा रामगढवामा कक्षा संचालन गर्दै आएका र सो कक्षामा रहेका ३० जना बालबालिकाले शंकराचार्य गेटमा हुने गरेको सरसफाइमा हामी बिद्यार्थीहरु पनि सहभागी हुने अनुरोध गरे अनुसार प्रशिक्षक असेसर पटेलले ३० जना विद्यार्थीहरुलाई गेटमा हुने सरसफाइ कार्यक्रममा सहभागी गराइएको भाेलन्टियर समुहका महासचिव श्याम सरार्फले वताए ।

सरसफाइ कार्यक्रममा आएका विद्यार्थीहरु सानासाना हाथमा पन्जा र मास्क लगाइ गेटको वरिपरि रहेका प्लास्टिक, गुटखा, चाउचाउ इत्यादिहरुको फ्यालिएको प्याकेटहरुलाई टिपिटिपी वातावरण सरसफा बनाउनमा खुशी खुसी सहयोग गरे । सरसफाइ पश्चात् बालकहरुले आफ्नो प्रतीभा प्रस्तुत गरि visit nepal 2020 को स्वागत एक शुभकामना ब्यक्त गरे ।

साथै सरसफाइ कार्यमा उपस्थिति सबैले छातिमा हाथ राखी रास्ट्रकाे सम्मानमा राष्ट्रगान गाई एक आपसमा नयाँ वर्ष एवं भ्रमण वर्षको शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा टाइकाण्डोका प्रशिक्षक असेसर पटेल, महानगपालिकाका दमकल टोलि नेता नेहाल खान, अनुप सरावगी, राधेश्याम कुमार, कमलेस कुश्वाहा, राजा सरार्फ, शेस हजरा, नुतन सरावगि, बलराम मन्डल, बिनय गुप्ता, महानगरका कर्मचारी लगायत १२० जनाको सहभागिता रहेको थियाे ।

भोलेन्टियर समुहका संयोजक राजन श्रीवास्तवको अध्यक्षतकमा भएको सरसफाइ कार्यक्रमको ब्यवस्थापन किशन सरार्फले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

हैजा पूर्वतयारी सुदृढीकरणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालित ‘हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ र...

रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित, मनिष झा पराजित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । रास्वपाकाे प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि सम्पन्न निर्वाचनमा...

एनवाईईएफ वीरगंज च्याप्टरको छैटौँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा चन्दन सिंह

वीरगंज । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको नेपालिज यंग इन्टरप्रेनर्स फोरम (NYEF) वीरगंज च्याप्टरको छैटौँ वार्षिक साधारणसभा (6th Annual General Meeting–AGM) शुक्रबार वीरगंजस्थित होटल सिद्धार्थ...