Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

साहकाे आयाेजनामा बिन्दवासिनिमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

पर्सा । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ हास्वामा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । हास्वा स्थित निमियामाई मठको प्रांगनमा नि:शुल्क आँखा शिविर, मधुमेह परिक्षण, स्वास्थ्य शिविर तथा औषधी बितरण कार्यक्रम सम्पन भएको हाे ।

केडिया आँखा अस्पताल परवानीपुर र मंगलम डाईगनोसिस सेन्टर बिरगंज पर्सा तथा बिन्दवासिनी गाउँपालिका स्वास्थ्य शाखाकाे प्राबिधीक सहयोगमा शिविर सम्पन्न भएकाे हाे ।

स्थानिय भोला साह कलवारले आयाेजना गरेकाे शिविरकाे उदघाटन बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले गरेकी थिइन । शविरमा ५ सय ३५ जनाले आँखा परिक्षण गराएका थिए भने जसमा २ सय ८० जनामा मोतियाबिन्दु भेटिएकाे  बिन्दवासिनी गाउँपालिका समाजिक शाखाका रमेन्द्रनाथ तिवारीले बताए ।

उनिहरुको यहि सोमबार, मंगलबार र बुधबार नि:शुल्क अप्रेशन हुने गाउँपालिकाकी उपप्रमुख गुप्ताले बताइन । शविरमा ८२ जनाकले मधुमेह परिक्षण र १ सय १५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

शिविरमा डा. अम्रेन्द्र ठाकुर, डा. शिवशंकर प्रसाद , नरेश चौहान, जयराम पंडित, पिंकी कुश्वाहा र जानकी चौधरीले स्थास्थ्य तथा आँखा परिक्षण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...