Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

साहकाे आयाेजनामा बिन्दवासिनिमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

पर्सा । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ हास्वामा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । हास्वा स्थित निमियामाई मठको प्रांगनमा नि:शुल्क आँखा शिविर, मधुमेह परिक्षण, स्वास्थ्य शिविर तथा औषधी बितरण कार्यक्रम सम्पन भएको हाे ।

केडिया आँखा अस्पताल परवानीपुर र मंगलम डाईगनोसिस सेन्टर बिरगंज पर्सा तथा बिन्दवासिनी गाउँपालिका स्वास्थ्य शाखाकाे प्राबिधीक सहयोगमा शिविर सम्पन्न भएकाे हाे ।

स्थानिय भोला साह कलवारले आयाेजना गरेकाे शिविरकाे उदघाटन बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले गरेकी थिइन । शविरमा ५ सय ३५ जनाले आँखा परिक्षण गराएका थिए भने जसमा २ सय ८० जनामा मोतियाबिन्दु भेटिएकाे  बिन्दवासिनी गाउँपालिका समाजिक शाखाका रमेन्द्रनाथ तिवारीले बताए ।

उनिहरुको यहि सोमबार, मंगलबार र बुधबार नि:शुल्क अप्रेशन हुने गाउँपालिकाकी उपप्रमुख गुप्ताले बताइन । शविरमा ८२ जनाकले मधुमेह परिक्षण र १ सय १५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

शिविरमा डा. अम्रेन्द्र ठाकुर, डा. शिवशंकर प्रसाद , नरेश चौहान, जयराम पंडित, पिंकी कुश्वाहा र जानकी चौधरीले स्थास्थ्य तथा आँखा परिक्षण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...