Date
शनि, भदौ ६, २०८३
Sat, August 22, 2026

पक्राउ गरिएको ट्याक्टर नछाडे प्रहरी विरुद्ध सडकमा उत्रिन्छौ : स्थानिय

spot_img
spot_img

वीरगन्ज । प्रहरीले शुक्रबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्साबाट पक्राउ गरेकाे बालुवा बोकेको ६ वटा ट्याक्टर शनिबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको आधिकारीक ईमेल आईडीबाट विभिन्न संचारमाध्यममा पक्राउ गरेको बालुवा बोकेको ६ वटै ट्याक्टर प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको हो ।

प्रहरीले विभिन्न संचारमाध्यममा ईमेल मार्फत पठाईएको प्रेस विज्ञप्तीमा भनिएको छ, वीरगन्ज महानगरपालिका वडा नम्बर २१ बगहीबाट बालुवा सहितको ट्याक्टर पक्राउ गरेको हो । अवैध रुपमा नेपालबाट भारत तर्फ बालुवा लोड गरी लैजादै गरेको अवस्थामा ना ६ त ५४८१, ना ३ त ९३९१, ना ४ त ९२८६, ना ७ त ४३६५, ना ४ त ५३०० र ना ७ त २०६ नम्बरको ट्याक्टर पक्राउ गरिएको हो ।

पक्राउ गरिएको ट्याक्टरलाई आवश्यक अनुसन्धानको लागि वीरगन्ज भंसार कार्यालयमा बुझाउँने कार्य भईरहेको प्रेस विज्ञप्तीमा जनाईएको छ । पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले विशेष सूचनाको आधारमा भारत तर्फ अवैध रुपमा बालुवा निकासी गर्न लागेको आरोपमा पक्राउ गरेको दावी गरेका छन ।

प्रहरीले शुक्रबार नै तीन वटा ट्याक्टर वीरगन्ज भंसार कार्यालयमा बुझाई सकेको छ भने, बाकी रहेको तीन वटा ट्याक्टर आज दिउँसो बुझाएको हो । ट्याक्टर सहित ६ जना चालकलाई समेत पक्राउ गरी छाडेको भएपनि प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा चालक पक्राउ गरेको बारे उल्लेख गरेको छैन । प्रहरीले पक्राउ गरेको चार घण्टाभित्र ४ जना चालकलाई छाडेको थियो ।

अवैध रुपमा भारतमा निकासी गर्न लागेको भनि प्रतिवेदनमा हस्ताक्षर गर्न लगाएर ४ जना चालकलाई पक्राउ गरेको केहि घण्टामै छाडिएका थिए । चालक सद्दाम र फकरुदिनले प्रतिवेदनमा हस्ताक्षर गर्न नमानेपछि जबरजस्ती सार्वजनिक अपराध मुद्दामा फसाईदिने भनि धाकधम्की देखाउँदै थुनुवामा राखेको थियो । प्रहरीले बेलुका प्रतिवेदन सच्याएपछि सद्दाम र फकरुदिनले हस्ताक्षर गरेपछि वडा नम्बर ३० का वडा अध्यक्ष चुमन चौधरीको जिम्मा छाडिएको थियो ।

प्रहरी उपरिक्षक राठौरले पक्राउ गरेको ट्याक्टर नेपाल भारत सिमा नाका भन्दा करिब ८ किलो मिटर उत्तर तर्फबाट नियन्त्रणमा लिएका हुन् । शुक्रबार बिहान साढे छ बजेको समयमा वीरगन्ज ३० लालपर्साबाट ३ वटा ट्याक्टर र ३ वटा लालपर्सा र बगही चौकको विच बाटोमा नियन्त्रणमा लिएको एकजना प्रत्यक्षदर्शीले बताए ।

मिलन चौक तर्फबाट आउँदै गरेको ट्याक्टरलाई दुईवटा मोटरसाईकलमा चारजना आएको प्रहरी टोलीले लालपर्सा चौकबाट ३ वटा र नजिकै वगही चौकबाट ३ वटा गरी ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको स्थानिय प्रत्यक्षदर्शी फर्कुदिन मियाँले बताए । उनले भने, नेपाल भारत सिमा भन्दा ८ किलो मिटर वरै पक्राउ परेको ट्याक्टर भारत तर्फ नै लागि गरेको छ भने प्रहरी उपरिक्षक राठौर संग कुनै आधार छ ।

सूचनाको भरमा जे मन लाग्छ त्यो गर्न मिल्छ प्रहरीलाई ? के उनी अगमजानी हुन ? उनले पहिले नै भविष्माणी गरी सकेका थिए कि त्यो ट्याक्टर भारत तर्फ नै लगि रहेका छन ? आक्रोशित हुदै प्रश्न गरे के प्रहरी अनुसन्धानको भरमा नभई भविष्यवाणीकाे भरमा काम गर्छ ? प्रहरीले सरासरी ज्यादती गरेको छ, वर्दीको धाकमा सर्वसाधारण माथि हैकमदावी लाग्न खाजेका छन । ट्याक्टर धनी शेख मुख्तारले भने, प्रहरीले हामी माथि धेरै नै ज्यादती गरेको छ ।

बाराको बकुलीया स्थित दुधौरा खोलाबाट कर तिरेर ल्याएको बालुवा प्रहरीले नियन्त्रणमा लिई जबरजस्ती भारत तर्फ अवैध रुपमा निकासी गर्न लागेको झुठो आरोपमा पक्राउ गरेर आफनो कमिशनको लागि अनावश्यक दु:ख दिन भंसार कार्यालयमा बुझाएको छ ।

ट्याक्टर धनी लगायत स्थानिय शनिबार पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव र जिल्ला समन्वय समितिका सभापती नेक महमद संग भेटघाट गरी घटना बारे यर्थात जानकारी गराएका छन । समितिका सभापती नेक महमद मियाँले भने सांसद यादव ज्यू संग समन्वय गरेर पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई घटना बारे सत्यतथ्य छानविन गर्न निर्देशन दिएको छु ।

वीरगन्ज वगही र लालपर्साबाट पक्राउ परेको ट्याक्टर अवैध रुपमा भारत मै कसरी निकासी गर्न लागेको भन्न सकिन्छ, सभापती मियाँले भने, यसमा प्रहरीको बदमासी छ, यदी प्रहरीको नियत ठिक भएको भए, बालुवा सहितको ट्याक्टर जिल्ला समन्वय समिति वा वन कार्यालयमा बुझाउँनु पर्ने हो तर त्यसो गरेन ।

स्थानिय प्रहरी प्रशासनले विना सर्त ट्याक्टर नछाडे आईतबार देखि वीरगन्जमा आन्दोलन हुने छ । वीरगन्ज ३० वेल्वाका शेख भिखारीले भने, प्रहरीले ट्याक्टर नछाडे जिल्ला प्रशासन कार्यालय घेराउ गरेर विरोध प्रदर्शन गर्छौ, पर्साको ग्रामिण भेग संग जोड्ने जितपुर सडकखण्ड अवरोध गर्ने चेतावनी दिदै यसबाट उत्पन्न अपस्थितीको जिल्लामा स्थानिय प्रशासनले नै लिने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...