Date
सोम, भदौ १, २०८३
Mon, August 17, 2026

वीरगंजमा प्रदेश स्तरिय क्यान इन्फोटेक हुदै

spot_img
spot_img

वीरगंज । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) पर्साको आयोजना तथा क्यान महासंघ प्रदेश २ को संयोजकत्वमा प्रदेश स्तरिय सुचना, प्रबिधि र सञ्चारको ब्यापकतालाई समेट्ने गरी वीरगंजमा ५ दिने सूचना प्रविधि प्रर्दशनी क्यान इन्फोटेक २०२० आयोजना हुन गइरहेको छ ।

प्रदेश स्तरीय दोस्रो संस्करण क्यान इन्फोटेक माघ ९, १०, ११ गरि पाच दिन १३ गते सम्म वीरगंजस्थित नगरसभा गृह (टाउन हल)मा आयोजना हुनेछ । १ दशक पहिला स्थापना भएको क्यान महासंघ पर्साले जिल्लामा सूचना संचार तथा प्रविधि सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरिन लागेको क्यान पर्साका अध्यक्ष दिपक साहले बताए ।

यसले व्यवसायी तथा ग्राहकका लागि अन्तक्र्रियाको एक प्लाटफर्म सिर्जना गर्ने छ । ग्राहकसंगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्नेछन् । स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरु वीच नेटवर्क सिर्जना गर्ने लक्ष्य पनि लिएको आयोजकले जानकारी दिएको छ ।

क्यान इन्फोटेक २०२० मा आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका विद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हुने आयोजकले जानकारी दिएका छन ।

सूचना प्रविधि प्रर्दशनीमा क्यानमहासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्यशन, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने छन् ।

त्यसैगरी, आर्र्टि्फिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने  सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने जनाइएको छ ।

गत वर्ष करिब २० हजार भन्दा बढीले अवलोकन गरेको यस मेलामा यो वर्ष ५० हजार भन्दा बढी अवलोकनकर्ता आउने हामीले अपेक्षा आयोजकको छ । यसैगरी क्यान इन्फोटेक २०२० को बुकिङ्ग समेत खुल्ला गरिएको छ ।

केन्द्रिय स्तरको क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शिर्ष प्रायोजन प्रभु पे, एसोसिएट प्रायोजकमा वल्डलिंक कम्युनिकेशन लिमिटेड, अफिसियल इन्सोरेन्स  प्रभु इन्सोरेन्सले  प्रायोजन गरेको छ । त्यस्तै हाल सम्म प्लाटिनम स्पोन्सरमा डाईनामिक टेक्नोसफ्ट, गोल्ड स्पोन्सरमा ब्रदर र लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, सिल्भर स्पोन्सरमा एस पावर, भायनेटले प्रायोजन गरेका छन् । भने अफिसियल मिडिया संगठनमा प्रविधि पत्रकार मञ्च( टिजेएफ) रहेको छ ।

क्यान महासंघ प्रदेश २ का अध्यक्ष आलोककुमार चौरसियाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा क्यान महासंघका केन्द्रिय सचिव भुपाल दास श्रेष्ठ, क्यान बाराका जिल्ला अध्यक्ष गणेश ठाकुर, क्यान पर्साका जिल्ला उपाध्यक्ष प्रशान्त कुमार, क्यान पर्साका सचिव जीवन प्रकाश गुप्ता, क्यान पर्साका कोषाध्यक्ष संजय कुर्मी, क्यान बाराका सचिव संजय केशरी, सुरजबाबु  पटेल  लगयातको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण आशु कुमार सर्राफले गरेका थिए  ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सञ्चार सामग्री जफत गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : पत्रकार महासंघ

काठमाडाैं । जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायत सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ...

ग्यास बिक्रेता महासंघले सरकारलाई भन्यो : प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड

काठमाडौं । देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास बिक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री...

चार लाखभन्दा बढी मूल्यका अवैध औषधि सहित वीरगंजका राजेश पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट करिब ४ लाख १९ हजार रुपैयाँ मूल्य बराबरका अवैध औषधि बरामद गरेको छ । प्रहरीले अवैध औषधि बिक्री वितरण...