Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

जनताको पिरमार्का बुझन वीरगन्जमा काँग्रेसले घरदैलो अभियान संचालन गर्ने

spot_img
spot_img

वीरगन्ज । नेपाली काँग्रेस पर्साले वीरगन्ज महानगरपालिका क्षेत्रमा घरदैलो अभियान संचालन गर्ने भएको छ । काँग्रेस पर्सा क्षेत्र नम्बर १ को बसेको बैठकले पौष २४ गतेदेखि माघ ३ गतेसम्म ‘घरदैलोमा गएर जनताको पिरमार्का बुझदै नेपाली काँग्रेस’ भन्ने नारा साथ घरदैलो अभियान चलाउँने निर्णय गरेको क्षेत्रिय सभापती विजय सर्राफले बताए ।

पर्सा क्षेत्र नम्बर १ वीरगन्ज महानगरपालिकाको विकास निर्माणको अवस्था र जनताले भोग्नु परेको पिरमर्कालाई कसरी समाधान गर्ने उदेश्यले घरदैलो अभियान संचालनमा ल्याएको सभापती सर्राफले बताए ।

क्षेत्रिय समितिले संचालन गर्ने घरदैलो अभियानमा पार्टीका जिल्ला सभापती अजय दुवेदी, महानगरपालिकाकी उपमेयर एवं काँग्रेसकी महिला नेतृ शान्ति कार्की, पूर्व सांसद एवं उद्योगपति अनिल रुगंटा लगायतको सहभागिता रहने छ ।

पौष २४ गते वीरगन्ज महानगरपालिको वडा नम्बर ७ माईस्थान विद्यापिठ मावि नजिक, २५ गते शुक्रबार वडा नम्बर २० हरपतगंज, २७ गते आईतबार वडा नम्बर १० गहवा र २८ गते सोमबार वडा नम्बर २२ जगरनाथपुर हुने छ ।

त्यसैगरी २९ गते मंगलबार वडा नम्बर १४ पिपरामा, माघ २ गते विहिबार वडा नम्बर ५ को रेशमकोठी र माघ ३ गते शुक्रबार वडा नम्बर १६ नगवामा घरदैलो अभियान संचालन हुने क्षेत्रिय सभापती सर्राफले बताए ।

पहिलो चरणमा सातवटा वडाहरु घरदैलो अभियान संचालन गरेर शुरुवात गरिएको छ, त्यसपछि क्षेत्र नम्बर १ को बाँकी रहेको अन्य वटाहरुमा दोश्रो चरणमा अभियानलाई निरन्तरता दिने समितिले जनाएको छ ।

अभियानले जनताको गुनासो सुनेर त्यसको समस्या समाधान गर्नको लागि सम्बन्धीत निकायमा पहल गरी समाधान गर्ने प्रतिबद्धता समेत जनाईएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...