Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

वीरगन्जको एक कपडा उद्योगमा भीषण आगलागी

spot_img
spot_img

वीरगन्ज । वीरगन्जको रेशमकोठीस्थित एक कपडा उद्योगमा भीषण आगलागी भएको छ ।

महानगरपालिकाको वडा नम्बर ५ रेशमकोठीस्थित जवाहिर गुप्ताको सरस्वती कपडा उद्योगमा भीषण आगलागी भएको हो ।

आगलागीका कारण उद्योगको सम्पूर्ण मालसमान जलेर नष्ट भएको छ ।

आगोलाइ वीरगन्ज महानगरपालिकाको २ वटा बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा निभाउने प्रयास भइ रहेको बारुण यन्त्रका अग्नि नियन्त्रक शेर बहादुर कार्कीले बताए ।

उद्योगमा अचानक साँझ साढे छ बजे आगलागी भएको थियो । आगो निभाउने प्रयास जारी रहे पनि अझै आगो निभाउन दुई घण्टा लाग्ने अग्नि नियन्त्रक कार्कीले बताए ।

बाटो साँघुरो भएका कारण बारुण यन्त्र घटनास्थलमा पुर्याउन नसेकोले आगो निभाउन समस्या भएको हो ।

काम सकाएर उद्योग बन्द गरि बाहिरबाट ताल्चा लगाएको उद्योगमा अचानक साँझमा आगलागी भएको थियो ।

आगलागीका कारण उधोगमा रहेको तयारी कपडा, मटेरियल र मेसिन लगायत करोडौंको माल समाल जलेर नष्ट भएको यकिन गरिए पनि यथार्थ बिवरण अहिके आउन सकेको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...