Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पाेखरियामा एक किशाेरीकाे आंशिक शव फेला, हत्या आराेपमा आमा सहित ४ पक्राउ

spot_img
spot_img

वीरगंज । पाेखरिया नगरपालिकाकाे वडा नं. ९ शिवबर्वामा एक किशाेरीकाे आफ्नै परिवारका सदस्यहरुले हत्या गरेकाे खुलासा भएकाे छ । स्थानिय बिरेन्द्र महताे तात्वाकी १५ बर्षिय छाेरी पुनिता कुमारीकाे आफ्नै परिवारका सदस्यहरुले हत्या गरी जलाएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।

हत्या आराेपमा प्रहरीले मृतक पुनिताका काका २८ बर्षिय शंताेष महताे तात्वा, ३९ बर्षिय राजेन्द्र महताे तात्वा, आमा ३० बर्षिय शिवकली देवी र ड्राइभर पाेखरिया नपा वडा नं. ८ निवासी १९ बर्षिय सुबाेध भनिने जितेन्द्र यादवलाई पक्राउ पनि गरेकाे छ ।

प्रहरीले पुनिताकाे जलाइएकाे अवस्थामा आंशिक शव समेत फेला पारेकाे छ । प्रहरीले घटनाकाे बिस्तृत विवरण वा मृत्युकाे कारण  बारे खुलाएकाे छैन । तर मृतक पुनिताकाे आंशिक शव जलाइएकाे अवस्थामा फेला परेकाे र साेमा संलग्न ४ जनालाई पक्राउ गरिएकाे प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

गाउँ नजिकै रहेकाे खाेला किनारमा लगि शव जलाइएकाे अवस्थामा सरिरकाे केही भाग प्रहरीले फेला पारेकाे हाे । मृतक पुनिताका बुवा बिरेन्द्र फरार रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

४/५ दिन पहिला पाेखरिया बजारमा पक्राउ परेका मध्येका संताेश र एक सशस्त्र प्रहरी जवान बिच झगडा भएकाे थियाे । ई रिक्साकाे भाडाकाे बिषयमा झगडा हुदा प्रहरी जवान र उनकी आमा माथी शंताेष सहितकाे एक समुहले हातपात गरेका थिए । साेही दिन प्रहरीले संताेश सहित पाेखरियाका जय प्रकाश र शिवबर्वा निवासी सतेन्द्र चाैहानलाई पक्राउ समेत गरेकाे थियाे । तर साेही दिन प्रहरी हिरासतबाट संताेश भागन सफल भएका थिए ।

त्यस पछि प्रहरीले शंताेषलाई खाेजतलाश गर्दै आएकाे थियाे । खाेजतलाश कै क्रममा प्रहरीले एक दिन संताेशकाे घरमा पुगेकाे थियाे । कुटपिटकाे आराेपमा संताेषलाई पक्राउ गर्न उकाे घरमा पुगेका प्रहरीलाई देखे पछि गाउँमा पुनिताकाे हत्या बारे कानाफुसी सुरु भएकाे थियाे । साे कुरा प्रहरीलाई थाह भए पछि प्रहरीकाे अनुसन्धा झगडाबाट हत्या तर्फ माेडिएकाे थियाे ।

प्रहरीले साे घटनाकाे साेधपुछकाे लागि संताेषकाे बुवा र भाउजाे शिवकलीलाई नियन्त्रमा लिई इलाका प्रहरी कार्यालय पाेखरियामा ल्याएर राखे पछि घटना बारे खुलासा भएकाे थियाे ।

यसका साथै केही दिन पहिला पाेखरियामा भएकाे आगलगीकाे घटनाकाे रहस्य पनि खुलासा भएकाे छ । मंसिर ३० गते पाेखरियामा एकै दिन ८ ठाउँमा भएकाे आगलगीकाे घटना शंताेषले नै गराएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ । प्रहरीकाे ध्यान अन्यन्त्र माेड्न शंताेषले श्रृङ्खलाबद्ध रुपमा आगलगी गराएकाे हुन सक्ने आशंका गरिएकाे छ ।

केही दिन पहिला शंताेषकाे घरमा एउटा अझै आत्महत्याकाे घटना भएकाे थियाे । कार्तिक महिनामा शंताेषकी बुहारी १९ बर्षिय रंजिता देवीकाे पासाे लगाएकाे अवस्थामा शव बरामद भएकाे थियाे । त्यसकाे एक महिना पछि फेरी शंताेषकी भतिजीकाे हत्या भएकाे घटना बाहिर आए पछि प्रहरीले साे घटना सम्बन्धमा पनि अनुसन्धान थालेकाे बुझिएकाे छ ।

पक्राउ परेका संताेश नेपाली कांग्रेसका पाेखरिया नगर अध्यक्ष हुन् । उनी पहिला नगरपालिकाकाे सवारी करकाे टेन्डर लिएका थिए । साे टेन्डर खत्म भए पछि हाल आएर उनी छर सिमेन्टकाे व्यावसाय गर्दै आएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...