Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बिन्दवासिनीमा समाजवादीको पार्टी प्रबेश कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगज । समाजवादी पार्टी, पर्साको आयोजनामा जनजागरण कार्यक्रम अन्तर्गत पार्टी प्रवेश कार्यक्रम आइतवार सम्पन्न भएको छ ।

विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेकाहरुलाई प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले फुलमाला लगाई स्वागत गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री गद्दीले आगामी निर्वाचनमा पनि प्रदेश नं. २ मा मधेसी दलको सरकार बन्ने ठोकुवा गरे ।

नेपाली काङ्ग्रेसले झुटो मुद्दा लगाई राजनीतिक गर्ने समय बितिसकेकोले दिवासपना हेर्न नसकिने बताए । मुख्यमन्त्री गद्दीले केही समयको लागि मात्र राजपाले गठजोड गरेको तर यसबाट प्रदेश सरकारमा कुनै असर नपुग्ने बताए ।

मधेसको पहिचान, अधिकारको लागि समाजवादी पार्टी नैं जनताको पक्षमा लडिरहने दावी गरेका थिए । आगामी चुनावमा सिंहदरबारमा नैं समाजवादी पार्टी बलियो बन्ने उनको तर्क थियो ।

अन्य पार्टीको तुलनामा नीति, नेतृत्व बोकेको समाजवादी पार्टीले छुट्टै पहिचान बनाएको बताए । विन्द्वासिनी गाउँपालिका ३ ईटिहाईका नेपाली कांग्रेस र नेकपा पार्टी प्रतियाग गरि समाजबादी पार्टीमा प्रबेश गरेका थिए ।

गाउँपालिका अध्यक्ष श्रीलाल साह (मोदी)को सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, करीमा बेगम, जिल्ला संयोजक रामनरेश यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

विन्दवासिनी गापा–३ इटियाहीबाट दर्जनौं व्यक्तिहरु पार्टी प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरुमा मदन चौरसिया, राजकुमार चौरसिया, विपीन चौरसिया, मनोज चौरसिया, सत्यनारायण चौरसिया, मुनिलाल साह कानू, अर्जुन पटेल, राजेन्द्र बैठा, मनान शेख, हरिलाल साह गोढलगायत रहेका छन् ।

कार्यक्रम संचालन युवा नेता सुजित गिरीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...