Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

नापी कार्यालय पर्साका सर्बेक्षक ७५ हजार घुस रकम सहित पक्राउ

spot_img
spot_img

वीरगंज । नापी कार्यालय वीरगंज पर्साका एक जना कर्मचारीलाई अख्तियारले रु ७५ हजार घुस लिइसकेकाे अवस्थामा पक्राउ गरेकाे छ । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैंडाकाे टाेलीले नापी कार्यालय वीरग‌ंज पर्सामा कार्यरत सर्बेक्षक रामनरेश पासवानलाई घुस रकम सहित पक्राउ गरेकाे हाे ।

जग्गा हाल साबिक गरी पुन: नापीकाे जग्गा धनी प्रमाण पुर्जा बनाई दिने भनी सेवाग्राही संग लिएकाे घुस रकम सहित सर्वेक्षक पासवानलाई पक्राउ गरिएकाे अख्तियारका प्रहरी नायब उपरिक्षक केशव भट्टराईले वताए । वीरगंज महानगरपालिका वडा नं. ९ स्थित नापी कार्यालय पर्सा अन्तर्गत २ नं. नापी टाेलीकाे कार्यालय पर्सा वीरगंजबाट ७५ हजार रकम सहित रङ्गेहात पासवानलाई नियन्त्रणमा लिइएकाे उनले जानकारी गराए ।

अख्तियारकाे टाेलीले साेमबार सांझ वीरगंज रानीघाट स्थित रहेकाे नापी कार्यालयमा छापा मारी गरी माेहतरी जिल्ला महाेतरी नगरपालिका वडा नं. ४ निवासी ५३ बर्षिय पासवानलाई पक्राउ गरेकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...