Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

वीरगंजबाट चार भुटानी र एक तिब्बती नागरिक पक्राउ

spot_img
spot_img

वीरगन्ज : नेपाल–भारत मैत्री बसमा अबैध रुपमा नेपाल प्रवेश गर्न लागेका चार भुटानी र एक तिब्बती नागरिक पक्राउ परेका छन् ।

भन्सार हुँदै नेपाल प्रवेश गर्न लागेको अवस्था उनिहरुलाई वीरगन्ज भन्सारमा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भुटानी नागरिक ६५ वर्षीया डोलमा तामाङ्ग, ४३ वर्षीया छोदेन तामाङ्ग, १९ वर्षीया छुन्दु लह्मो, ७० वर्षीय ग्यान बहादुर तामाङ्ग र तिब्बती नागरिक ४० वर्षीया कुन्छोक तसोमो रहेका छन् ।

पक्राउ परेका पाँचैं जनालाई आवश्यक अनुसन्धानको लागि वीरगन्ज अध्यागमन कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले बताए ।

वीरगन्ज भन्सारस्थित रहेको सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलिले नेपाल भारत मैत्री बसमा चेकजाँच गर्ने क्रममा उनिहरुलाई पक्राउ परेको हो ।

भारतको बोधगयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख २३८८ नम्बरको नेपाल भारत मैत्री बसमा ४० जना यात्रु सवार थिए । जसमध्ये पाचँजनासँग पासपोर्ट नभेटिएपछी नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि अध्यागमन कार्यालयमा बुझाएको खत्रीले बताए ।

उनले यात्रुसँग सोधपुछको क्रममा पहचान पत्र बाहेक पासपोर्ट नभेटेपछी अनुसन्धानको लागि नियन्त्रणमा लिएको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...