Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

छाेरीकाे ज्यान मारी गाडेकाे आराेपमा आमा सहित ४ जना पक्राउ

spot_img
spot_img

वीरगंज । आफ्नै छाेरीकाे ज्यान मारी गाडेकाे आराेपमा आमा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पर्साकाे पाेखरिया नगरपालिका वडा नं. ९ शिवबर्वाका बिरेन्द्र दास तात्वाकी १५ बर्षिय छाेरी पुनिता कुमारीकाे हत्या आराेपमा आमा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा मृतक पुनिताकी आमा शिवकली देवी, काका संताेश दास तात्वा, राजेन्द्र दास तात्वा र स्थानिय जितेन्द्र यादव रहेका छन् । मृतक पुनिताका बुवा बिरेन्द्र फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय पाेखरियाकाे टाेलीले आफ्नै छाेरीलाई ज्यान मारी गाउँ नजिकै रहेकाे खाेला किनारमा लगी गाडेकाे गाेप्य सुचनाकाे आधारमा अनुसन्धानकाे लागि चारै जनालाई पक्राउ गरेकाे हाे ।

पुनिताकाे  घर परिवारका सदस्यहरुले मिली ज्यान मारेकाे सुचनाकाे आधारमा अनुसन्धान गर्न चारै जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा लगिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...